९ असार २०८३, मंगलवार
,
Latest
मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहाडी भेगमा टिमुर खेती



अ+ अ-

दाङ । दाङको उत्तरतर्फका पहाडी भेगका जनतालाई स्वरोजगार बनाइ उनीहरुको आर्थिक वृद्धि गर्ने उद्देश्यले टिमुर र सुगन्धको मालागेडी खेती थालिएको छ । डिभिजन वन कार्यालयले चालू आवलाई ‘टिमुर वर्ष’ का रुपमा शुरु गरेको छ । यो कार्यक्रमअन्र्तगत दाङ उपत्यकाको उत्तरी भेगमा रहेका पातलो ग्रामीण बस्तीमा एक लाख टिमुरका बिरुवा उत्पादन शुरु गरिएको छ ।

मसला बनाउन उपयोगी मानिने टिमुर बहुवर्षे जडीबुटी भएको र यसको बजार मूल्य महङ्गो भएका कारण स्थानीयलाई स्वरोजगार बनाउन टिमुर रोप्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभयो ।

टिमुर रोप्ने कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङको डिभिजन वन नर्सरी अम्वापुरमा ५० हजार, तुल्सीपुरको नर्सरीमा २५ हजार र नारायणपुरको वन नर्सरीमा २५ हजार टिमुरमा बिरुवा उत्पादन शुरु गरिएको छ । तीनवटै नर्सरीमा २० हजार मालागेडीको बिरुवा उत्पादनसमेत शुरु गरिएको छ ।

“दुवै बहुवर्ष, बहुउपयोगी जडीबुटी हुन”, डिभिजन वन कार्यालयका प्रमुख ज्ञवालीले भन्नुभयो, “केही वर्षमै हामी दाङको उत्तरी भेगमा टिमुरका बिरुवा लगाउने गरी योजना बनाएका छौँ ।” विस्तृत अध्ययनपछि टिमुर रोपण कार्यक्रम ल्याइएको डिभिजन वन कार्यालयले जनाएको छ । बिरुवा उत्पादनपछि पहिलो प्राथमिकता किसानलाई र किसानलाई पुगेपछि सामुदायिक वन र राष्ट्रिय वनको खाली जग्गामा समेत टिमुर लगाउने कार्यक्रम रहेको कार्यालय प्रमुख ज्ञवालीले बताउनुभयो ।