९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन विमानस्थलमा कालोपत्र शुरु



अ+ अ-

बैतडी । लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु गरिएएको छ । विसं २०७५ को असारमा कालोपत्र गरिसक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल १६ महिनापछि कालोपत्रको कार्य शुरु गरिएको हो ।

कालोपत्रको काम अबका २० दिनमै सकिने निर्माण कम्पनी ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीका इञ्जिनीयर पुरन रावलले बताउनुभयो । वर्षा नभई मौसमले साथ दियो भने २० दिनभित्रै कालोपत्रको काम सकिने उहाँको दाबी छ । लामो समयपछि विमानस्थल कालोपत्रको काम अगाडि बढेपछि स्थानीय बासिन्दा खुशी भएका स्थानीय पत्रकार वसन्त विष्टले बताउनुभयो ।

विमानस्थल कालोपत्रपश्चात् अन्य संरचना बनाउन अझै समय लाग्नेछ । विमानस्थलको ५९० मिटर लम्बाइ र २० मिटर चौडाइ रनवे कालोपत्र गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिनेछ । यसका लागि करीब मूल्य अभिवृद्धि करबाहेक रु ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ ।

पाटनमा विसं २०३२ मा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।

उक्त विमानस्थल सञ्चालन भएमा दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सजिलो हुने विश्वास गरिएको छ । विमानस्थल सञ्चालनमा आएपछि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्ने बताइएको छ ।