१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनःनिर्माणको काम तीव्र, ६५ प्रतिशत घर बने



अ+ अ-

भोजपुर । जिल्लामा भूकम्पबाट क्षति भएका ६५ दशमलव ४४ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका पाँच हजार १९१ मध्ये हालसम्म तीन हजार ७६२ घरको पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

पछिल्लो समय कार्यालयले स्थानीय तहस्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याका विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसँग पुनःनिर्माणसम्बन्धी गोष्ठी सञ्चालन गर्न थालेसँगै कामले तीव्रता पाएको कार्यालयको भनाइ छ । भूकम्पले क्षति भएका पाँच हजार ४४९ घरमध्ये हालसम्म पाँच हजार १९१ पीडितले पहिलो किस्ता र चार हजार ३८९ ले दोस्रो किस्ता लिएका छन् । पाँच हजार ४४९ घर पूर्णरुपमा क्षति भए पनि पाँच हजार १९१ जनाले मात्र सम्झौता गरेका थिए ।

त्यस्तै जिल्लाभर ४५३ प्रवलीकरणका लाभग्राही रहेकामा अहिलेसम्म २६५ लाभग्राहीले सम्झौता गरेर पहिलो किस्ता लगेका छन् । कार्यालय प्रमुख राजनराज रेड्डीले जतिसक्दो चाँडो पुनःनिर्माणको सक्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी स्थानीयस्तरसम्म पुगेर त्यहाँका समस्याका विषयमा जानकारी लिँदै सरोकारवाला पक्षसँग छलफलसमेत गरिरहेका छौँ, यसले काम चाँडो सम्पन्न गर्न निकै मद्दत गरेको छ, जिल्लामा अहिले पुनःनिर्माणले निकै राम्रो गति लिएको छ ।”

कार्यालय प्रमुख रेड्डीका अनुसार पहिलो किस्ता लिन बाँकी रहेका लाभग्राहीका लागि आगामी पुस मसान्तसम्मको म्याद थपिएको छ भने दोस्रो र तेस्रो किस्ताको रकम माघ मसान्तसम्म लिनुपर्नेछ । छ सय २८ ले लाभग्राही सूचीमा नाम दर्ता गरेर पनि पहिलो किस्ता नलिएको कार्यालयले जनाएको छ ।