१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसको तातारस्तानस्थित पेट्रोकेमिकल प्लान्टमा आगलागी, ३ जनाको मृत्यु र ७० भन्दा बढी घाइते



अ+ अ-

काठमाडौँ। रुसको तातारस्तान गणतन्त्रमा एक पेट्रोकेमिकल प्लान्टमा लागेको आगो निभाउने क्रममा एक अग्निनियन्त्रकको मृत्यु भएको छ ।

यससँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको रुसी आपतकालीन अवस्था मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आगो निभाउने र मानिसहरूको उद्धार गर्ने क्रममा २७ वर्षीय ती अग्निनियन्त्रक अचानक भएको विस्फोटमा परेका थिए र उनलाई घातक चोट लागेको थियो ।

खोज तथा उद्धारका साथै आगो निभाउने कार्यका क्रममा अन्य तीन जना अग्निनियन्त्रकहरू पनि घाइते भएका छन् । यसअघि, रुसी ग्यास प्रशोधन तथा पेट्रोकेमिकल कम्पनी ‘सिबुर’ले उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको र ७० भन्दा बढी घाइते भएको जनाएको थियो ।

कम्पनीकाअनुसार प्रभावित भएको उक्त प्लान्ट पश्चिम रुसमा यसको सहायक कम्पनी ‘निज्नेकाम्स्कनेफ्टेखिम’ द्वारा सञ्चालित छ ।

मन्त्रालयले जनाएअनुसार प्लान्टको एक पम्पिङ युनिटमा आगो लागेपछि विस्फोट भएको र त्यसपश्चात भीषण आगलागी सुरु भएको थियो।

हाल आगो नियन्त्रणमा आइसकेको मन्त्रालयले बताएको छ । रुसको अनुसन्धान समितिले यस घटनाको सम्बन्धमा छानबिन शुरु गरेको छ ।
सिन्ह्वा/ न्युज एजेन्सी नेपाल