१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अमेरिकाद्वारा मानवसहितको आर्टेमिस २ चन्द्र मिसन प्रक्षेपण

अमेरिकाद्वारा मानवसहितको आर्टेमिस २ चन्द्र मिसन प्रक्षेपण
अ अ+ अ-

काठमाडौँ। नासाको आर्टेमिस २ चन्द्र मिसन बुधवार अमेरिकी राज्य फ्लोरिडाबाट प्रक्षेपण गरिएको छ ।

५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मानवसहितको उडान हो, जसमा चार जना अन्तरिक्ष यात्रीहरू सहभागी छन् ।

ओरियन स्पेसक्राफ्ट (अन्तरिक्ष यान) जडित ‘स्पेस लन्च सिस्टम’ रकेट पूर्वी समयअनुसार बेलुकी ६ः३५ बजे नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो । यो आर्टेमिस कार्यक्रम अन्तर्गत नासाको पहिलो मानवसहितको मिसन हो ।

चार सदस्यीय चालक दलमा नासाका अन्तरिक्ष यात्रीहरू रिड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोचका साथै क्यानेडियन स्पेस एजेन्सीका अन्तरिक्ष यात्री जेरेमी ह्यान्सेन रहेका छन् ।

प्रक्षेपणको उल्टो गणना (काउन्टडाउन) टी–१० मिनेटको समयमा केही बेर रोकिए पनि केही मिनेटपछि पुनः सुरु गरिएको थियो । आर्टेमिस २ मिसनले गहिरो अन्तरिक्ष मिसनहरूका लागि आवश्यक पर्ने व्यापक क्षमताहरूको प्रदर्शन गर्नेछ ।

नासाकाअनुसार यसको उद्देश्य ओरियनको जीवन–रक्षक प्रणाली (लाइफ–सपोर्ट सिस्टम) को प्रमाणीकरण गर्नु र आर्टेमिस ३ तथा त्यसपछिका चन्द्र मिशनहरूको सफलताका लागि महत्वपूर्ण सञ्चालनहरूको अभ्यास गर्नु हो ।

चालक दलका सदस्यहरू पृथ्वी फर्कनुअघि चन्द्रमाको अर्को तर्फको भाग (फार साइड) बाट करिव ७ हजार ४ सय किलोमिटर परसम्म पुग्नेछन् ।

यो मिसनले अन्तरिक्ष यात्रीहरूलाई विगत आधा शताब्दीको तुलनामा पृथ्वीबाट सबैभन्दा टाढा र चन्द्रमाको सबैभन्दा नजिक लैजानेछ ।
सिन्ह्वाको सहयोगमा /न्युज एजेन्सी नेपाल