९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित

‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित
फाइल फोटो
अ अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव सदनमा पेस गर्नुभएको थियो ।

प्रदेशसभा नियमावली २०७४ को नियम १०७ को उपनियम (२) को खण्ड (क) बोजिम न्याय, प्रशासन तथा विधायन समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरियोस् भनिएको प्रस्तावमा कुनै सदस्यले सहभागी जनाएनन् ।

त्यसैगरी बैठकमा ‘कोशी प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पुनः विचारार्थ निर्देशनसहित सम्बन्धित समितिमा विधेयक फिर्ता पठाइयोस् भनी आन्तरिक मामिला तथा कानुनमन्त्री पराजुलीले पेस गर्नुभएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले प्रस्तुत गर्नुभएको निर्णयार्थ सर्वसम्मतिले पारित भएको थियो ।

सभाको शून्य समय र विशेष समयमा कोशी प्रदेशसभाका सदस्यहरुले उठाउनु भएका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले दिनुभएको थियो ।

उहाँले सरकारले आफ्नो सीमित साधन र स्रोतको बाबजुद पनि यी क्षेत्रमा इमान्दारिताकासाथ काम गरिरहेको स्पष्ट पार्नुभयो । न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धित समितिको प्रतिवेदन सभामा पेस गर्नुभएको थियो ।

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट मालतीकुमारी लिम्बूले सरकारले बालबालिकाको हित र अधिकारका निम्ति आवश्यक कानुन बनाउनुपर्ने जिकिर गर्नुभयो ।

शून्य समयमा कोशी प्रदेशसभा सदस्य सुनिता गुरुङ, मैया श्रेष्ठ, सिर्जना राई, मीना श्रेष्ठ, गीतादेवी रेग्मी र तारादेवी ढकालले विविध विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सभाको अर्को बैठक यही चैत २२ गते अपरान्ह १ बजे बस्नेछ । रासस