९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरात समुदाय उधौली पर्व मनाइँदै



अ+ अ-

काठमाडौं । मंसिर शुक्ल पूर्णिमाको दिन बिहीबार किरात समुदायमा उधौली पर्व मनाइँदै छ ।

तीन दिन अघि शुरु भएको यो पर्वको तेस्रो दिन किरात समुदायका राई, लिम्बु, सुनार र याक्खा जातिले संयुक्त रुपमा उघौली पर्व मनाउने गर्छन् । किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरीन्छ । राजधानीमा भने ललितपुरको सानो हात्तीवनमा रहेको ऐतिहासिक तीर्थस्थलमा पुगेर किरात पर्व उधौली विशेष रुपमा मनाउने गरिन्छ । सानो हात्तीवन किरात माङ्हिम व्यवस्थापन समितिका सल्लाहकार राजबहादुर राईले किरात समुदायले बैशाख शुक्लपक्षमा बाली लगाउने बेला उभौली पर्व मनाउने र मंसिरमा अन्नबाली घर भित्र्याएपछि प्रकृति र पितृलाई स्मरण गर्ने परम्परा अनुसार उधौली मनाउने गरिएको बताउनुभयो ।

उभौलीमा खेतीपाती लगाउने बेला भएकाले खेतीपाती राम्रोहोस भनी पुजा गर्ने र उधौलीमा खोतीपाती राम्रो भएकोमा प्रकृति, भूमि, किरा फट्याङ्ग्रा, चराचुरुङ्गीलाई धन्यवाद दिने र पितृको सम्मान गर्ने पर्वको रुपमा मनाउने समितिका अध्यक्ष दुर्गामणि देवानले बताउनुभयो । उहाँले ललितपुरको हात्तीवनमा १ सय ९ बर्ष पहिलेदेखि संयुक्त रुपमा चारवटै किरात समुदायले उधौली पर्व मनाउँदै आएको बताउनुभयो ।

त्यस्तै यो पर्वमा लगाउने पोषाकको पनि महत्वपूर्ण अर्थ हुने अध्यक्ष देवानले बताउनुभयो । तर सबै जातीको आ–आफ्नो लोगो हुने भएकोले राम्रोसँग चिन्न सकिने समेत उहाँले बताउनुभयो । पुजापछि आ–आफ्नो परम्परा अनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलानाच लागयतका नाच नाचेर मनोरन्जन गरिने परम्परा रहेको समेत उहाँले बताउनुभयो ।