१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरात समुदाय उधौली पर्व मनाइँदै



अ+ अ-

काठमाडौं । मंसिर शुक्ल पूर्णिमाको दिन बिहीबार किरात समुदायमा उधौली पर्व मनाइँदै छ ।

तीन दिन अघि शुरु भएको यो पर्वको तेस्रो दिन किरात समुदायका राई, लिम्बु, सुनार र याक्खा जातिले संयुक्त रुपमा उघौली पर्व मनाउने गर्छन् । किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरीन्छ । राजधानीमा भने ललितपुरको सानो हात्तीवनमा रहेको ऐतिहासिक तीर्थस्थलमा पुगेर किरात पर्व उधौली विशेष रुपमा मनाउने गरिन्छ । सानो हात्तीवन किरात माङ्हिम व्यवस्थापन समितिका सल्लाहकार राजबहादुर राईले किरात समुदायले बैशाख शुक्लपक्षमा बाली लगाउने बेला उभौली पर्व मनाउने र मंसिरमा अन्नबाली घर भित्र्याएपछि प्रकृति र पितृलाई स्मरण गर्ने परम्परा अनुसार उधौली मनाउने गरिएको बताउनुभयो ।

उभौलीमा खेतीपाती लगाउने बेला भएकाले खेतीपाती राम्रोहोस भनी पुजा गर्ने र उधौलीमा खोतीपाती राम्रो भएकोमा प्रकृति, भूमि, किरा फट्याङ्ग्रा, चराचुरुङ्गीलाई धन्यवाद दिने र पितृको सम्मान गर्ने पर्वको रुपमा मनाउने समितिका अध्यक्ष दुर्गामणि देवानले बताउनुभयो । उहाँले ललितपुरको हात्तीवनमा १ सय ९ बर्ष पहिलेदेखि संयुक्त रुपमा चारवटै किरात समुदायले उधौली पर्व मनाउँदै आएको बताउनुभयो ।

त्यस्तै यो पर्वमा लगाउने पोषाकको पनि महत्वपूर्ण अर्थ हुने अध्यक्ष देवानले बताउनुभयो । तर सबै जातीको आ–आफ्नो लोगो हुने भएकोले राम्रोसँग चिन्न सकिने समेत उहाँले बताउनुभयो । पुजापछि आ–आफ्नो परम्परा अनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलानाच लागयतका नाच नाचेर मनोरन्जन गरिने परम्परा रहेको समेत उहाँले बताउनुभयो ।