१० असार २०८३, बुधबार
,
Latest
छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्वल थापाको जीवनमा आधारित ‘दिमाग घोच्ने मान्छे’ डीगो ओटीटीमा सार्वजनिक हुँदै



अ+ अ-

काठमाडौं: दूरदर्शी चिन्तक तथा राजनीतिक सुधारक उज्वल थापा को जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र “दिमाग घोच्ने मान्छे” अब DGO OTT प्लेटफर्ममार्फत दर्शकमाझ आउने भएको छ।

निर्माण टिमले दिएको जानकारीअनुसार यस वृत्तचित्रबाट प्राप्त हुने आम्दानीको मुख्य हिस्सा उज्वल थापा फाउन्डेसन लाई प्रदान गरिनेछ। यसले उज्वल थापाले अघि बढाएका सामाजिक, नागरिक तथा वैकल्पिक राजनीतिक अभियानहरूलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो वृत्तचित्रले उज्वल थापाको बाल्यकालदेखि अमेरिकामा हासिल गरेको शिक्षा र त्यसपछि नेपाल फर्किएर उद्यमशीलता र राजनीतिक सुधारका लागि गरेको संघर्षलाई समेटेको छ। दुर्लभ भिडियो सामग्री, सहयात्री तथा आलोचकहरूको अनुभवमार्फत तयार गरिएको यस चलचित्रले समाजलाई प्रश्न गर्न र जिम्मेवार बन्न प्रेरित गर्ने सन्देश दिन्छ।

“दिमाग घोच्ने मान्छे” केवल एक व्यक्तिको कथा नभई परिवर्तनको सपना देख्ने सम्पूर्ण नेपाली युवाका लागि प्रेरणादायी प्रस्तुति भएको निर्माण पक्षको दाबी छ।

वृत्तचित्र DGO एपमार्फत नेपालसहित विश्वभर हेर्न सकिनेछ। नेपालका दर्शकका लागि शुल्क रु. १९९ तोकिएको छ भने अमेरिका र अष्ट्रेलियामा $४.९९ तथा अन्य देशहरूमा $२.९९ निर्धारण गरिएको छ।

उज्वल थापा फाउन्डेसन ले युवा नेतृत्व विकास, नागरिक सशक्तिकरण र वैकल्पिक राजनीतिक सोचलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।