२४ भाद्र २०८३, बुधबार
,
Latest
पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ वटा साँस्कृतिक सम्पदाको पुर्ननिर्माण गराउने सम्झौतापत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडौं । नेपालमा भूकम्पबाट प्रभावित ११ वटा साँस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले डिजाइन तथा परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ ।

भारतीय राजदुतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टाच) सँगको सहकार्यमा उक्त सेवा दिने भएको हो । सो सम्बन्धि सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रममा भारतीय दुतावासका नियोग उपप्रमुख डा. अजय कुमार तथा इन्टाचका सदस्य सचिव डा. सी टी मिश्राले हस्ताक्षर गर्नुभयो । उक्त कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले काठमाडौं, ललितपुर भक्तपुर र सोलुखुम्बुमा रहेका ११ वटा साँस्कृतिक सम्पदाको पुर्ननिर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको बताउनुभयो ।

साँस्कृतिक सम्पदाको पुर्ननिर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुसार नेपाल साँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर उक्त संस्थाले काम गर्ने छ ।