१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नूर-गङ्गा प्रतिभा पुरस्कार चयन



अ+ अ-

काठमाडौँ । नूरगङ्गा–प्रतिभा पुरस्कार गुठीले यस वर्षको राष्ट्रिय र क्षेत्रीय प्रतिभा सम्मानका लागि प्रतिभाहरुको चयन गरेको छ । गुठीले प्रतिभा सम्मान वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गर्ने भएको छ । त्यस्तै रु एक लाख राशीको स्थापित राष्ट्रिय लोकगायन पुरस्कार लमजुङका बिमाकुमारी दुरा, रु ३० हजार राशीको क्षेत्रीय साहित्य पुरस्कार नवलपरासीका प्रा डा मुरारीप्रसाद रेग्मीलाई प्रदान गर्ने भएको छ ।

यसैगरी रु २५ हजार राशीको राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार भक्तपुरका अनुज्ञा नेपाल र रु २० हजार राशीको क्षेत्रीय नवप्रतिभा लोकगायन पुरस्कार पाल्पाका कमला पोखरेललाई प्रदान गर्ने निर्णय भएको गुठीका सदस्य सचिव यज्ञप्रसाद शर्माले जानकारी दिनुभयो ।