८ भाद्र २०८३, सोमबार
,
Latest
अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता ‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रिय समिति बैठक आज पनि सुरू



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रिय समिति बैठक सुरू भएको छ ।मंगलवार (हिजो)बाट शुरु भएको बैठकलाईं निरन्तरता दिइएको हो । पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको  पर्खाइमा रहेका पूर्णबहादुर खड्का–शेखर कोईराला समूहले आगामी दिनको रणनीति तय गर्न छलफल थालेको हो ।

काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा बसेको बैठकमा १४ औं केन्द्रिय कार्यसमितिमा रहेका यो समूहमा भएकाहरू सहभागी छन् । आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी भएका छन् ।

संस्थापन इतर पक्षले आफ्नो समूहको गतिविधि अघि बढाएको पनि संस्थापन पक्षले भने आपत्ति जनाउँदै कारबाहीको तयारी गरेको छ ।