२४ भाद्र २०८३, बुधबार
,
Latest
पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागमा नेपाल पावर हाउस भैसक्यो, अबको टार्गेट एशियन, आलेम्पिक र विश्वकप : सदस्य सचिव सिलवाल



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले आफू परिषदमा आएको छोटो अवधिमा नै धेरै महत्वपूर्ण काम गरेको सुनाउँदै पहिलो काम नै १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न गर्छु भनेर घोषणा गरेको स्मरण गराए । उनले भने,‘म परिषदमा आएको साँढे चार महिना भएको छ, म आउनेबित्तिकै सबैभन्दा पहिलो घोषणा र मेरो ध्यान नै साग गेम निर्धारित मितिमै गराउँछु भनेर बोलेको थिएँ । त्यसको लागि पूर्वाधार निर्माणमा सुरुदेखि नै ध्यान दिएको थिएँ । सबैको साथ र सहयोगले हामीले सफल रुपमा १३औं साग सम्पन्न गर्यौं । यो हामी सबैको लागि खुशीको कुरा हो ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सागको लागि चाहिने आवश्यक पूर्वाधार निर्माणको लागि आफूले पहिलो पहलकदमी लिएको पनि सुनाए । उनले भने,‘केही पूर्वाधार पहिल्यै बनिसकेका थिए । म आएपछि धेरै पूर्वाधार बनायौं । पोखराको रंगशालाको सवालमा पनि मैले प्राकृतिक ग्रासमा जोड दिएँ । १६ हजार ५ सय क्षमताको रंगशालाई विस्तार गरेर २० हजार क्षमताको बनाईयो । त्यहीअनुरुप काम गर्यौं । यो सागमा मात्रै हामीले १३ हजार सिट जडान गर्यौं । अबको तीन महिनाभित्र हामी यसलाई पूर्णता दिन्छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वर्षाका कारण पनि पूर्वाधार निर्माणमा केही ढिलाई भएको सुनाए । उनले भने,‘वर्षाले पनि केही ढिलाई भयो । दशैं, तिहार थियो, त्यसले पनि केही असर गर्यो । यो बीचमा चिनियाँ राष्ट्रपति र बंगलादेशका राष्ट्रपतिको भ्रमण भयो । त्यसले पनि पूर्वाधार निर्माणको काममा ११, १२ दिन ढिला भयो ।’