१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव तस्रकीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । बालबालिकाको हितमा सक्रिय रहँदै आएको संस्था ‘राउन्ड टेबल नेपाल’ ले सर्कसको आयोजना गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राउन्ड टेबलले बाल्यावस्थामा तस्करीमा परी उद्धार भई फर्किएकाहरुको संस्था ‘सर्कस काठमाडौं’ सँगको समन्वयमा आउँदो शनिबार ‘जीन्दगीको उडान’ नाम दिइएको सर्कस देखाउने जानकारी गराएको छ । कार्यक्रम २८ मंसिरको अपरान्ह साँढे तीन देखि साँढे पाँच बजेसम्म हुने जनाइएको छ ।

‘राउण्ड टेबल १२’ का अध्यक्ष सज्जन अग्रवालले सर्कसमा सहभागीहरु विगतमा मानव तस्करीमा परेर उद्धार भई आएकाहरु हुने बताए । कार्यक्रममा ४७० विपन्न र आश्रित बालबालिकाहरु सहभागी हुने बताए ।
राउन्ड टेबुलको संयोजनमा प्रस्तुत हुने सर्कसबाट संकलित रकम बालिबालिकाको हितमा खर्च हुने ‘राउण्ड टेबल २५’ का अध्यक्ष साहिल अग्रवालले जानकारी गराए ।

राउण्ड टेबलले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषणलगायतका क्षेत्रमा टेवा पुग्ने कार्य गर्दै आएकोमा बाल्यावस्थामा पीडामा परेकाहरुलाई सहभागी गराई बालहितमा सर्कस आयोजना गर्न लागेको अग्रवालले बताए । उनले भने, ‘संकलित रकम बालबालिकाको हितमा खर्च गरिनेछ ।’ मानव तस्करीबाट निस्किएका बालबालिकाहरुद्धारा जागरुकता अभियान चलाउने र मानव तस्करीबाट बच्न सचेतना कार्यक्रम चलाउने बताए ।
कार्यक्रममा राउण्ड टेबलले सामाजिक परियोजनाबारे भिडियो प्रदर्शन गरिएको थियो । बालबालिकाको शिक्षाका क्षेत्रमा गरिएको कार्यक्रम भिडियोमा समावेश गरिएको छ ।

के हो राउण्ड टेबल
राउण्ड टेबल नेपाल एक गैर सरकारी संस्था हो । जसले केहिी दशक देखि सामुदायिक विकासको लागि विधालय निर्माण, सम्भार, विधार्थाीलाई विविध किसिमका सहयोग जस्तै भूकम्प, बाढी, हावाहुरी लगायत विधि प्रकृतिक विपदहरुमा सक्रिय सहयोग, विशाल रक्तदान कार्यक्रम, वृक्षरोपण तथा विविध ज्ञानका विषयहरु प्रसारण गरी समाजमा सहयोग गर्दै आएको छ । यस अन्तर्राष्ट्रिय मैत्रीपूर्ण संस्थानमा ईच्छुक युवा पुस्ताहरुले आफ्नो व्यक्तिगत तथा व्यवसायिक रुपमा उन्नती गर्ने मौका प्राप्त गर्दछन् ।
राउण्ड टेबलको मुलधार शिक्षाबाट स्वतन्त्रता लाई आफ्नो नारा नेपालका विभिन्न जिल्लाहरुमा रहेको ४७ बटा विधालयहरुको विद्यार्थाीहरुका लागि तीन सय २२ वटा कक्षा कोठाहरु निर्माण गरी सहयोग छ । जसबाट बीस हजार भन्दा बढी विद्यार्थीहरु लाभांवीत भएको छ ।
सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल अन्तर्गत देशका विभिन्न स्थानहरुमा युवाहरुको स्वंय स्वेच्छीक योगदानबाट २८ वटा टेबल क्लब हरु स्थापना गरी हालसम्म निरन्तर रुपमा आर्थिक तथा सामाजिक रुपमा विपन्न विविध समुदायहरुलाई सहयोग गर्दै आइरहेको छ ।