१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाका रंगभेद विरोधी आइकन डेसमन्ड टुटुको निधन



अ+ अ-

दक्षिण अफ्रिकाका सेवानिवृत्त आर्चबिशप तथा रंगभेद विरोधी प्रतीक डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ । नोबेल शान्ति पुरस्कार विजेता र गोरा अल्पसंख्यक शासन विरुद्ध दक्षिण अफ्रिकाको संघर्षका दिग्गज टुटुको आइतबार निधन भएको हो।

“आर्कबिशप इमिरेट्स डेसमन्ड टुटुको निधन उत्कृष्ट दक्षिण अफ्रिकी पुस्ताका लागि हाम्रो देशको विदाईमा शोकको अर्को अध्याय हो जसले हामीलाई स्वतन्त्र दक्षिण अफ्रिका दिनुभएको थियो”, राष्ट्रपति सिरिल रामफोसाले भन्नुभयो, “उहाँले आफूलाई एक गैरसाम्प्रदायिक, विश्वव्यापी मानअवधिकारको समावेशी च्याम्पियनका रुपमा प्रतिष्ठित बनाउनुभयो ।”

राष्ट्रपति रामफोसाले टुटुको निधनको कारणबारे केही बताउनुभएको छैन । टुटुलाई सन् १९९० को दशकको उत्तरार्धमा प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो र हालैका वर्षमा उहाँको उपचारसँग सम्बन्धित सङ्क्रमणको उपचारका लागि धेरै पटक अस्पताल भर्ना गरिएको थियो । 

विशेषगरी दक्षिण अफ्रिकाको नैतिक विवेक र दशकौँको नस्लवादी राजनीतिले विभाजित मुलुकको महान मेलमिलापकर्ताका रुपमा टुटुको प्रशंसा गरिन्छ । सन् १९८४ मा रंगभेदको अहिंसात्मक विरोधका लागि उहाँलाई नोबेल पुरस्कार दिइएको थियो । एजेन्सी