४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’

अर्थतन्त्र सुधार र नीतिगत पैरवीका लागि महासंघको बस्तुगत सदस्यमा सागर ढकालको उम्मेद्वारी, यस्ता छन् एजेन्डा

अर्थतन्त्र सुधार र नीतिगत पैरवीका लागि महासंघको बस्तुगत सदस्यमा सागर ढकालको उम्मेद्वारी, यस्ता छन् एजेन्डा
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् ।

नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले बस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समुहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

आफ्नो उम्मेदवारी घोषणा गर्दै महासंघ भित्र रहेर देशको अर्थतन्त्र सुधार र व्यवसायी मैत्री नीति निर्माणमा पैरवी गर्नका लागि आफुले बस्तुगततर्फको सदस्य पदमा उम्मेदारी दिएको बताए । ‘अहिले विभिन्न बस्तुगत सदस्यहरुको थुप्रै कानूनी तथथा व्यवहारिक समस्या रहेको छ,’ उम्मेदवारी घोषणासँगै उनले भने, ‘महासंघ भित्र रहेर बस्तुगत संघका समस्या समाधानका लागि सरकारसँग बहस पैरवी तथा नीतिगत लबिङ गर्न मैले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।’

नेपालको पुजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरुदण्डको रुपमा पुँजी बजारलाई सशक्त रुपमा अघि बढाउन आफुले पहलकदमी लिने समेत उनले जानकारी दिए । ‘नेपालको पँुजीबजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा छ, अब यसलाई नेपालको पुँजी बजार मात्र सीमित नराखी समग्र अर्थतन्त्रको ऐनाको रूपमा अघि बढाउनुपर्छ,’ उनले भने, ‘समग्र लगानीकर्ता र नेपालको पुँजी बजारलाई मुख्य रूपमा अघि बढाउनकै लागि मैले महासंघको आसन निर्वाचनमा संस्थाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ।’

करिब दुई वर्षदेखि नेपालको पुँजी बजारमा आबद्ध अध्यक्ष ढकालको पुजीबजारका साथै जलविद्युत, होटल पर्यटन, कृषि लगायतका क्षेत्रमा आबद्ध छन् ।

यसैगरी उनले धितोपत्र ऐन २०६३ र यस अन्तर्गतका नियमावलीहरूलाई बदलिँदो बजारको आवश्यकता अनुसार समयसापेक्ष परिमार्जन गर्न प्रभावकारी पहल गर्ने उनको भनाई छ । यस्तै नयाँ वित्तीय उपकरणहरूको विस्तार गर्दै मार्जिन ट्रेडिङ, इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ, र इक्विटी डेरिभेटिभ्स जस्ता आधुनिक वित्तीय उपकरणहरू सञ्चालनमा ल्याउन धितोपत्र बोर्ड सँग विशेष समन्वय गरिएको समेत उनको भनाई छ । साथै कमोडिटिज, फरेन करेन्सी, र बुलियन एक्सचेन्ज स्थापनाका लागि नियामक निकाय र लगानीकर्ताहरूबीच पुलको रूपमा आफुले नेतृत्वकारी भूमिका निर्वाह गर्ने उनले जानकारी दिए ।

साना तथा मझौला व्यवसायहरूलाई पुँजी जुटाउन सहज मार्ग प्रशस्त गर्न एसएमई प्लेटफर्म र ओटी मार्केटलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनु पर्ने समेत उनले जानकारी दिए ।

साथै अन्तर्राष्ट्रिय लगानीको ढोका खुला गर्न गैरआवासीय नेपाली र विदेशी लगानीकर्ताहरूलाई नेपाली पुँजी बजारमा भित्र्याउन स्पष्ट र सहज नीति निर्माणमा सरकारलाई दबाब दिइने समेत उनको उद्घोष छ ।