९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

‘जुन आमाको कोखबाट जन्मिए उनैको थरबाट नागरिकता चाहन्छु’

‘जुन आमाको कोखबाट जन्मिए उनैको थरबाट नागरिकता चाहन्छु’
अ अ+ अ-

काठमाडौँ। “बाउ विदेशी भए पनि म नेपाली आमाको कोखबाट जन्मिए । यही देशमा बस्दै आएको छु, तर आमाको नामबाट नागरिकता लिन राज्यसँग सङ्र्घष गरिरहेको छु ।

जुन आमाको कोखबाट जन्मिए उहाँकै नामबाट नागरिकता पाउँ भनेर २१ वर्षको उमेरदेखि सङ्घर्षरत छु । ३६ वर्षको हुँदासम्म नागरिकताविहीन नै छु”, स्याङ्जाका सुरज आचार्यले भन्नुभयो ।

उहाँले अनागरिक हुँदा मानसिक, शारीरिक र सामाजिक पीडा भोग्नुका साथै भविष्य निर्माणको आधार पनि कुण्ठित भइरहेको गुनासो गर्नुभयो । काठमाडौँको एक कार्यक्रममा आचार्यले आमाको नामबाट नागरिकता पाउनुपर्ने प्रावधान सहज र सरल नहुँदा निकै कष्ट भोग्नुपरेको बताउनुभयो ।

“मेरा साथी डाक्टर, इञ्जिनियर भए, पेसा र पहिचानसहित अगाडि बढे, तर मैले नागरिकता नभएकै कारण पढाइ पूरा गर्न सकिन, न त व्यवसाय गर्न पाए”, उहाँले भन्नुभयो, “नेपाली आमाको कोखमा जन्मिनु मेरो के गल्ती थियो र ! मलाई राज्यले कहिले दिन्छ नागरिकता ? जवाफ खोजीरहेको छु ।”

आचार्यका अनुसार उहाँकी आमा नेपाली र बुबा भारतबाट आएर यही बसिरहनुभएको छ । आफूले आमाको नामबाट वंशजका आधारमा नागरिकता पाउन निकै सङ्घर्ष गर्नुपरेको र हालसम्म सफल हुन नसकेको पीडा सुनाउनुभयो ।

यस्तै, काभ्रेकी कविता कार्की (नाम परिवर्तन) ले छोरोको नागरिकता बनाउन पटक–पटक अपहेलना सहनुपरेको छ । बुबाको अवस्था पत्ता नलागेकाले आमाको नामबाट नागरिकता दिलाउन आफूले चार वर्ष सङ्घर्ष गर्नुपरेको बताउनुभयो ।

“छोराले नागरिकता नपाउने मात्रै होइन, जिल्ला प्रशासनदेखि वडासम्मका कर्मचारीले चरित्र र आत्मसम्मानमा ठेस् पुग्ने खालका अनेक प्रश्न सोध्छन् । यसले थप पीडा दिन्छ”, कार्कीले भन्नुभयो, “नागरिकताका लागि आवश्यक कागजात जुटाउन चार वर्ष लाग्यो । सहायक सिडियोले नै बाउ नै थाहा नपाउने कस्तो आमा भनेर तल्लोस्तरमा पुगेर जवाफसमेत दिए ।”

सिटिजन इफेक्टस् नेटवर्कका अध्यक्ष दिप्ती गुरुङले छोरालाई नागरिकता दिलाउने सङ्घर्षमा आफूलाई साथ दिएको उहाँले बताउनुभयो । अध्यक्ष गुरुङका अनुसार आमाको नामबाट नागरिकता दिने कानुन भए पनि पितृसत्तात्मक सोचका कारण विभेद् र अपमान गरिएको छ । आफ्नो संस्थाले नेपालमा नागरिकता कानुन कार्यान्वयनसम्बन्धी एक अध्ययन प्रतिवेदनले नागरिकतामै लैङ्गिक विभेद हुने गरेको देखिएको उहाँले बताउनुभयो ।

“आमाले धेरै सर्त र प्रक्रियाको सामना गर्नुपर्ने बाध्यता छ, बुबा भएमा त्यति धेरै चुनौतीको सामना गर्नुपर्दैन”, अध्यक्ष गुरुङले भन्नुभयो, “जुन आमाले सन्तान जन्माउँछ उसले पहिचानको नालीबेली खोल्नुपर्छ, बुबाले भने कुनै प्रक्रियागत उल्झन झेल्नुपर्दैन । यसले लैङ्गिक विभेद प्रष्ट गर्छ ।”

माइती नेपालका अधिवक्ता उमा तामाङले महिलाले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने प्रक्रिया झन्झटिलो रहेको बताउनुभयो । नागरिकताको चक्रले महिला विभेदको चरम चरण भोग्नुपरेको उहाँको भनाइ छ । माइतीले नागरिकता नदिएपछि बिहे गर्नुभएकी एक महिलाको घटना साझा गर्दै तामाङले भन्नुभयो, “ती महिलाले नागरिकताकै लागि चार वटासम्म बिहे गर्नुभयो, तर, कसैले पनि नागरिकता दिन मानेनन् ।”

हाल विश्वका १९५ मध्ये १७२ अर्थात् करिब ८८ प्रतिशत देशको नागरिकता कानुनमा लैङ्गिक समानता सुनिश्चित गरिसकेको अवस्था छ । नेपालमा भने अझै पनि केही कानुनी र व्यावहारिक अवरोध कायम रहेकाले नागरिकताकै लागि सङ्घर्ष गर्नु परिरहेको अधिवक्ता नेहा गुरुङले बताउनुभयो ।

आज यहाँ आमाको नामबाट नागरिकता प्राप्तिको विषयमा विद्यमान कानुनी व्यवस्था, चुनौती र संविधान संशोधनबारे राष्ट्रिय संवाद कार्यक्रममा आयोजना गरिएको थियो । उक्त संवादमा धेरैजसोले आमाको नामबाट नागरिकता प्राप्त गर्ने प्रावधानको व्यवस्था सर्तपूर्ण, झन्झटपूर्ण, अपमानजनक हुँदा नागरिकले पीडा भोग्नुपरेको उल्लेख गरे ।

नेपालसहित विश्वका करिब २४ देशमा मात्र आमाले आफ्नो सन्तानलाई नागरिकता प्रदान गर्दा लैङ्गिक विभेदकारी कानुनी व्यवस्था भोग्नुपरेको त्यस अवसरमा उल्लेख गरियो । अधिवक्ता प्रसन्ना निर्मल अर्यालले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रमध्ये करिब ८८ प्रतिशत देशले आफ्ना नागरिकता कानुनमा लैङ्गिक समानता सुनिश्चित गरिसकेकाले नेपालले पनि त्यसलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको संविधानले लैङ्गिक समानता र वंशगत अधिकारलाई मौलिक हकका रूपमा स्थापित गरेको छ । नागरिकता ऐनमा गरिएका पछिल्ला संशोधनले केही सकारात्मक प्रगति देखाए पनि कार्यान्वयनमा भने अझै समस्या रहेको सरोकार भएकाहरूको भनाइ छ ।

विशेष गरी बाबुको पहिचान नभएको अवस्थालाई केन्द्रमा राखेर बनाइएका प्रावधानले आमाको अधिकार सीमित बनाएको आलोचना हुँदै आएको अधिकारकर्मीले बताएका छन् । रासस