४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने

सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने
अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसभित्रको विवादले नयाँ मोड लिएको छ।  पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्यहरूको बैठक बसी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चुनौती दिइएको छ ।

बैठकमा पार्टीका शिर्ष नेताहरूसहित करिव ८३ जना केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकमा बोल्ने १५ जना केन्द्रिय सदस्यहरूले विशेष महाधिवेशनका नाममा गगन थापाले आफूलाई सभापति घोषणा गरेको कार्यलाई ‘नाटक मञ्चन’ को संज्ञा दिएको काँग्रेस नेता मानबहादुर नेपालीले बताउनु भयो ।

नेता नेपालीले सर्वोच्च अदालतको फैसला नआउन्जेलसम्मका लागि पार्टीको आन्तरिक विवादलाई स्थगन गरिए पनि अर्को पक्ष (गगन थापा पक्ष) संवेदनशील नभएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘जतिबेला घोषणापत्र लेख्ने र उम्मेदवार चयन गर्ने समय थियो, त्यतिबेला विशेष महाधिवेशनका नाममा नाटक गरेर उहाँले आफूलाई सभापति घोषणा गर्नुभयो । हामीले निर्वाचनसम्मका लागि शालीनता देखाएर चुप बसेका थियौँ, तर अब उहाँलाई सभापतिका रूपमा स्वीकार्न सकिँदैन ।’

खड्का–कोईराला पक्षले शेरबहादुर देउवाको नेतृत्वमा रहेको १२३ सदस्यीय केन्द्रिय समितिलाई नै आधिकारिक मानेको छ । अदालतको निर्णय नआउन्जेल गगन थापालाई सभापति नमान्ने र १४ औँ महाधिवेशनबाट निर्वाचित समितिलाई नै सक्रिय बनाउने उनीहरूको रणनीति छ । बैठकमा समानुपातिक उम्मेदवार चयनका क्रममा सभापति गगन थापाले विधान र प्रचलित कानूनको उल्लङ्घन गरेको विषयले प्राथमिकता पाएको छ ।

बैठकमा खड्काले शेरबहादुर देउवाले हस्ताक्षर गरी बुझाएको सूचीलाई तोडमोड गरिएको जानकारी गराउनुभएको थियो । विशेष गरी पिछडिएको क्षेत्रबाट सिफारिस भएकी केन्द्रिय सदस्य विद्या तिमल्सिनालाई हटाएर खस–आर्य कोटाका पुरुषलाई प्राथमिकता दिएको र दलित कोटामा एक नम्बरमा रहेका मानबहादुर नेपालीलाई पाखा लगाएकोमा बैठकले आपत्ति जनाएको छ ।

यो कदम सर्वोच्च अदालतले बालकृष्ण न्यौपानेको मुद्दामा कायम गरेको नजिर (दलित, जनजाति र महिलालाई प्राथमिकता दिने) विरुद्ध रहेको ठहर गरिएको छ ।

पार्टीभित्र निर्वाचित जनप्रतिनिधि र केन्द्रिय सदस्यहरूलाई कारबाहीको धम्की दिने, मनोवैज्ञानिक त्रास सिर्जना गर्ने र ‘मिडिया ट्रायल’ गर्ने काम भइरहेको भन्दै बैठकले त्यसको भत्र्सना गरेको छ ।

मंगलवारको बैठकलाई नै आधिकारिक केन्द्रिय समितिको बैठक दाबी गर्दै यो पक्षले भोलि पनि छलफललाई निरन्तरता दिने भएको छ ।देशभरका जिल्ला, प्रदेश र स्थानीय कार्यसमितिहरूसम्म आफ्नो छुट्टै रणनीति लिएर जाने तयारी खड्का–कोइराला पक्षले गरेको छ ।

अदालतको अन्तिम फैसला नआउन्जेल थापाको नेतृत्वलाई नमान्ने र आन्तरिक सङ्घर्षलाई व्यवस्थित गर्दै १५ औँ महाधिवेशनको तयारीमा लाग्ने निष्कर्षमा यो समूह पुगेको छ । –न्युज एजेन्सी नेपाल