४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश

प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश
अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभाको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले जारी गरेका तीन अध्यादेश पेश गर्नेसहित संघीय संसद सचिवालयले सम्भावित कार्यसूची पहिचान गरेको छ ।

निर्वाचनपछि बस्न लागेको सभाको पहिलो बैठकका लागि सचिवालयले कार्यसूची पहिचान गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले बताउनुभएको हो ।

संसद सचिवालयले यीनै एजेण्डामाथि छलफल गर्न बधुवार सर्वदलीय बैठक बोलाएको छ । संसदको अधिवेशन शुरु हुनुअघि बुधवार संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूको सहभागितामा सर्वदलीय बैठक आह्वान गरिएको सहसचिव गिरीले बताउनु भयो ।

अधिवेशन आह्वान भइसकेपछि सामान्यतः कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रचलन भएपनि हाल उक्त समिति नभएको अवस्थामा सर्वदलीय बैठक बोलाइएको हो ।

उहाँकाअनुसार सर्वदलीय बैठकले अधिवेशनको सभाको पहिलो बैठक सञ्चालन, प्रारम्भिक एजेण्डा चयन तथा कार्यतालिका व्यवस्थापनका विषयमा सहमति जुटाउनेछ ।

सभाको पहिलो बैठकले संसद नियमावली समेत तय गर्नेगरी कार्यसूची तय गरिएको उहाँको भनाइ छ । उहाँले संसदको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्यादेश पेश गर्ने र संसदका प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गर्नेसहितको कार्यसूची पहिचान भइसकेको छ । साथै सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने विषय समेत प्राथमिकतामा रहने उहाँले बताउनु भयो । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखको निर्वाचन पहिलो बैठक बसेको १५ दिनभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गिरीले भन्नुभयो, ‘अधिवेशन आह्वान भइसकेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने गरेकै हो । यतिबेला कार्यव्यवस्था परामर्श समिति गठन भइसकेको छैन । यस्तो अवस्थामा जहिले पनि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको नेतृत्व सहभागि रहनेगरी सर्वदलीय बैठक बस्ने गरेको छ ।

मुलतः यस्तो बैठकले अधिवेशनको पहिलो बैठकलाई कसरी अगाडि बढाउने, के के एजेण्डा छन् ? कसरी व्यवस्थापन गर्ने ? लगायतका विषयमा छलफल गरेर बैठक सञ्चालन गर्नको लागि सहयोग पनि गर्दछ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच एक प्रकारको समझदारीको लागि पनि सहयोग गर्न मद्दत गर्दछ ।

त्यसकारण कार्यव्यवस्था समितिको अभावमा सर्वदलीय बैठक आह्वान गरिएको हो । संसद सचिवालयले संसदको पहिलो बैठकको कार्यसूची के के हुनसक्छन् भनेर पहिले नै पहिचान गरिसकेको हुन्छ । कतिपय कार्यसूची संसदको दोस्रो वा तेस्रो बैठकमा लैजानुपर्छ भने केही कार्यसूचीहरु पहिलो बैठकमा नै लैजानुपर्छ । जस्तैः अध्यादेशहरु पेश गर्ने, सभामुख र उपसभामुखको निर्वाचन पनि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ ।

त्यसबाहेक अहिलेकै निवयमावलीअनुसार अगाडि बढ्ने वा नयाँ नियमावली बनाउने भन्ने विषयमा पनि छलफल गर्न उपयुक्त हुन्छ । किनभने नियमबाहेक हाउस चल्नसक्ने अवस्था रहदैन । निर्वाचपछिको बैठक भएको हुनाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको नेताहरुले शुभकामना मन्तव्यहरु राख्ने लगायत कार्यसूची रहन्छ । सर्वदलीय बैठकमा यिनै विषयमा छलफल हुन्छ ।’

उहाँले सभा सञ्चालनको लागि सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको बहुउद्देश्यीय हल पूर्ण नभएको समेत बताउनु भयो । उहाँले सभा हेर्न आउने दर्शक, सञ्चारकर्मी लगायत लागि सहभागि गराउने अवस्था समेत नरहेको बताउनु भयो । प्रतिनिधि सभा नियमावली पारित भएसँगै परामर्श समिति र विषयगत समिति गठनको बाटो खुल्नेछ । –न्युज एजेन्सी नेपाल