१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानलाई सर्पले डसेपछि…



अ+ अ-

एजन्सी । बलिउड सुपरस्टार सलमान खानलाई शनिबार सर्पले टोकेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार सलमान आफ्नो परिवारसँग शुक्रबार राती पनवेलस्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका थिए ।

उनको फार्म हाउस पहाडी र वन क्षेत्रले घेरिएको छ । जहाँ धेरैजसो सर्प र अजिंगर निस्किन्छन् । 

सलमानलाई सर्पले डसेपछि मुम्बईस्थिति कमोठे इलाकास्थित एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरिएको थियो । सलमान उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ ।

उपचारपछि अभिनेता पुनः आइतबार बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किएको र हाल उनको स्वास्थ्य स्थिति सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।