१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर–पूर्वी चीनमा भवन भत्किँदा सात जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। उत्तर–पूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा एउटा भवन आंशिक रूपमा भत्किँदा सात जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उक्त दुर्घटना हेलिन शहरको हेलिन टाउनमा भएको हो । जहाँ नौ जना मानिसहरू भग्नावशेषमा फसेका थिए । तीमध्ये दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ र उनीहरूको चोटपटक ज्यान लिने खालको छैन ।

अन्य सात जनाको भने मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनाको कारणबारे अझै अनुसन्धान भइरहेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल