९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

लहानमा आधुनिक ‘ब्लड बैंक’ निर्माण हुने

लहानमा आधुनिक ‘ब्लड बैंक’ निर्माण हुने
अ अ+ अ-

सिरहा। सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण हुने भएको छ ।

रगतको अभावमा बिरामीले भोग्नुपरिरहेको सास्तीलाई दृष्टिगत गर्दै आज लहान नगरपालिका, लायन्स क्लब र स्थानीय दाता परिवारबीचको त्रिपक्षीय समन्वयमा परियोजना अघि बढाइएको छ ।

ब्लड बैंक स्थापनाका लागि लहान नगरपालिका र लायन्स क्लबबीच औपचारिक सम्झौतासमेत भएको छ । यसका लागि लहान नगरपालिका–१० स्थित निर्माणाधीन नगर अस्पतालसँगै जोडिएको तीन कट्ठा जग्गा उपलब्ध गराउने सहमती भएको छ ।

भौतिक संरचना निर्माणका लागि लहानका प्रतिष्ठित उद्योगपति एवं समाजसेवी मुरारका परिवारले रु ४० लाख सहयोग गर्ने र उक्त भवनको नाम स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाको स्मृतिमा राखिने जनाइएको छ । यसैगरी, लायन्स क्लबले बैंकका लागि आवश्यक पर्ने रु एक करोड ५० लाखभन्दा बढी मूल्यका अत्याधुनिक प्राविधिक उपकरण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले ब्लड बैंकको स्थापनाले यस क्षेत्रको स्वास्थ्य उपचारमा ठूलो योगडदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । “लहान आसपासका सय किलोमिटर क्षेत्रसम्म भरपर्दो ब्लड बैंक नहुँदा आकस्मिक उपचारमा ठूलो समस्या छ”, उहाँले भन्नुभयो, “अब स्थापना हुने ब्लड बैंकले आपत्कालीन अवस्थामा रगत खोज्दै भौतारिनुपर्ने समस्यालाई समाधान गर्नेछ ।”

समाजसेवी मुरारीलाल मुरारकाले आफ्ना पिता र काकाको नाममा स्वास्थ्य क्षेत्रमा सेवामा लगानी गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँका अनुसार स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाले लहानको प्रादेशिक अस्पताल, जेएस मुरारका बहुमुखी क्याम्पस, विज्ञान प्रयोगशाला र माडवाडी सेवा सदन जस्ता संस्थाहरूको स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

यो केन्द्र सञ्चालनमा आएपछि लहानसहित छिमेकी जिल्लाहरू सप्तरी, धनुषा र उदयपुरका बिरामीसमेत लाभान्वित हुनेछन् । रस