९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय सेमिनार सम्पन्न

‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय सेमिनार सम्पन्न
अ अ+ अ-

काठमाडौँ। रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमअन्तर्गत आज ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय उच्चस्तरीय सेमिनार सम्पन्न भएको छ ।

सेमिनारमा राष्ट्रिय सुरक्षा र विकासका लागि आधुनिकता र मौलिकताबीचको सन्तुलन गर्ने सम्बन्धमा दुई चरणमा विषय विज्ञहरूबाट प्रस्तुतीकरण तथा छलफल गरिएको थियो ।

त्यस क्रममा पूर्वसहायक रथी डा प्रेमसिंह बस्न्यातले नेपालको ऐतिहासिक गौरव र दिव्योपदेशको धरातलमा आधुनिक राज्य व्यवस्थाः राष्ट्रिय मूल्य मान्यता, चुनौती र दीर्घकालीन मार्गचित्र विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमा प्राडा राजाराम सुवेदी र सहप्राध्यापक डा डोलराज काफ्ले टिप्पणी गर्नुभयो ।

यस्तै, दोस्रो सत्रमा सहप्राध्यापक डा धीरेन्द्र नाल्बोले बदलिँदो विश्व व्यवस्था र नेपालजस्ता साना राष्ट्रको अस्तित्व रक्षाका लागि रणनीतिक मौलिकता विषयक कार्यपत्र प्रस्तुत गर्नुभययो । यसमाथि प्राडा मृगेन्द्रबहादुर कार्की र उपप्राध्यापक गौरव भट्टराईले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रमका सहभागीहरूले छलफलपश्चात् पारदर्शिता, विधिवत शासन, उत्तरदायित्वजस्ता आधुनिक मान्यताहरूलाई आत्मसात् गर्नेलगायत विविध विषयमा सुझाव दिनुभएका थिए ।

बलाधिकृत रथी प्रदीप जङ्ग केसीले शुभारम्भ गर्नुभएको कार्यक्रमको रक्षा सचिव केदारनाथ शर्माले समापन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न मन्त्रालय तथा त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनिधिलगायत शिक्षार्थीहरूको उपस्थिति रहेको थियो । रासस