१९ भाद्र २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपः सुदृरपश्चिम १२ रनले विजयी



अ+ अ-

पर्सा। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत आजको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको छ ।

आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले ४५ दशमलव ४ ओभरमा १० विकेटको क्षति व्यहोर्दै १६८ रन गराएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी प्रदेशले ४० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा सीमित भएको थियो । सुदूरपश्चिमको तर्फबाट दीपक बोहराले ३० रन, हेमन्त धामीले २९ रन र किरण ठगुन्नाले १९ रन जोडेका थिए ।

त्यस्तै लुम्बिनीको तर्फबाट सन्तोष यादव र अजय चौहानले सामान ४–४ विकेट लिएका थिए । लुम्बिनीको तर्फबाट सन्तोष यादवले ६७ रन र ध्रुव सुनारले ३६ रन जोडेका थिए । सुदूरपश्चिमका शेर मल्ल र खडक बोहराले समान ३–३ विकेट लिएका थिए ।

यसैगरि सुदूरपश्चिमका हेमन्त धामीले पनि २ विकेट लिएका थिए । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । —




भर्खरै