१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गरिएको अनुमति जिल्ला अदालत काठमाडौँले अस्वीकार गरेको छ।

जबरजस्ती करणीसम्बन्धी आरोपमा बस्नेतलाई नियन्त्रणमा लिन अनुमति माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अदालतमा निवेदन पेश गरेको थियो। तर सोमबार अदालतले उक्त माग अस्वीकार गरेको हो।

अदालत स्रोतका अनुसार सोही प्रकृतिको मुद्दा यसअघि नै उच्च अदालत पाटनमा विचाराधीन रहेकाले पुनः पक्राउ अनुमति दिन उपयुक्त नदेखिएको हो। अदालतले विचाराधीन मुद्दामा हस्तक्षेप हुने अवस्था देखिएको भन्दै अनुमति नदिएको जनाइएको छ।

शोभा पाठकले यसअघि नै बस्नेतविरुद्ध मुद्दा दर्ता गराएकी थिइन्, जुन हाल उच्च अदालतमा विचाराधीन छ। यसैबीच पाठकले आइतबार पुनः पुरक निवेदनसहित प्रहरी परिसर काठमाडौँमा निवेदन दिएकी थिइन्।

प्रहरी परिसर काठमाडौँले सोही निवेदनका आधारमा सरकारी वकिलको कार्यालयमार्फत पक्राउ अनुमति मागेको थियो। तर अदालतले उच्च अदालतमा मुद्दा टुंगो नलागेसम्म सक्कल मिसिल प्राप्त गरी कानूनी प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै तत्काल पक्राउ अनुमति नदिने निर्णय गरेको हो।