२१ श्रावण २०८३, बिहीबार
,
Latest
राष्ट्रियसभाको बैठक सुरु धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु) नागेन्द्र साह बने नेपाल आयल निगमका कार्यकारी निर्देशक मर्दी पदयात्राबाट फर्किने क्रममा सम्पर्कविहीन तीन युवाको सकुशल उद्धार जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विविधायन सौन्दर्यम् मार्फत प्रकृति र फेशनको समिश्रण



अ+ अ-

काठमाडौं: नमूना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) द्वारा आयोजित २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” शनिबार ललितपुरको झम्सिखेलस्थित द प्लाजा नेपालमा सम्पन्न भएको छ।

फेशन, प्रकृति र कथात्मक अभिव्यक्तिको संगमका रूपमा प्रस्तुत कार्यक्रमले रनवेलाई जीवन्त क्यानभासमा रूपान्तरण गर्दै दर्शकलाई विशिष्ट अनुभव प्रदान गरेको थियो। फेसन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विद्यार्थी डिजाइनरहरूको सिर्जनात्मक प्रस्तुति कार्यक्रममा समेटिएको थियो।

“विविधायन सौन्दर्यम्” अर्थात् विविधताबाट उत्पन्न हुने सौन्दर्य भन्ने मूल अवधारणामा आधारित शोमा नेपालको प्राकृतिक भू–दृश्य तथा जैविक विविधताबाट प्रेरित ६ वटा संग्रह प्रस्तुत गरिएको थियो। हिमाल, वन, सिमसार क्षेत्र, वन्यजन्तु तथा पुष्पीय विविधतालाई आधार बनाएर तयार गरिएका डिजाइनहरूले प्रकृतिका विविध आयामलाई फेशन कथामा रूपान्तरण गरेका थिए।

कार्यक्रमको उद्घाटन कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिबाट गरिएको थियो। कार्यक्रमको कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए। कार्यक्रममा ३२ जना मोडलहरूले डिजाइनरहरूको सिर्जनालाई आकर्षक रूपमा प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रस्तुत संग्रहहरूमा “नेपालियमः ह्वेयर आइस फाइन्ड्स इट्स फ्लो”, “इरिडेसन्ट शेल्स”, “आवरण मृत्तिका”, “एभियोरा”, “रेड लिस्ट रिभेरी” र “वनस्पति कुसुम” समावेश थिए। प्रत्येक संग्रहले प्रकृतिका फरक–फरक पक्षलाई प्रतीकात्मक तथा कलात्मक ढंगले अभिव्यक्त गरेको थियो।

कार्यक्रमकै अवसरमा एनसीएफटी फेशन क्याटलगको चौथो संस्करण पनि विमोचन गरिएको थियो। क्याटलग पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारी, कलेज प्रशासन तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा सार्वजनिक गरिएको थियो।

विद्यार्थीहरूको सिर्जनात्मक कार्यको मूल्यांकनका लागि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सम्मिलित निर्णायक मण्डल गठन गरिएको थियो।

कार्यक्रमलाई राधा कृष्ण ज्वेलर्स, अमेरिकन ल्याङ्ग्वेज सेन्टर र एलआईएम कलेजले सिल्भर प्रायोजकका रूपमा सहयोग गरेका थिए। हेयर तथा मेकअपको व्यवस्थापन आईएसएएस ब्यूटी स्कूलले गरेको थियो भने अन्य विभिन्न संस्थाहरूको पनि सहकार्य रहेको थियो।

एनसीएफटीको यो ग्राजुएसन फेसन शोले नेपाली युवा डिजाइनरहरूको सिर्जनात्मक क्षमता, सीप र दृष्टिको प्रभावकारी प्रस्तुति गरेको आयोजकको भनाइ छ। “विविधायन सौन्दर्यम्” ले फेशनलाई केवल सौन्दर्य प्रदर्शनमा सीमित नराखी विचार, कथा र भावनाको अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गरेको देखिएको छ।

तस्बिर: प्रदीपराज वन्त,रासस