१ भाद्र २०८३, सोमबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर



अ+ अ-

काठमाडाैँ । बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ग्रामीण क्षेत्रका महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी सेवा दिने उद्देश्यले यहाँका सुर्नया र पाटनले स्वास्थ्य शिविरको आयोजना गरेका हुन् ।

केही स्वास्थ्य संस्थामा यसअघि नै शिविर सम्पन्न भइसकेको र केही स्वास्थ्य संस्थामा शिविर सञ्चालनको तयारी भइरहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। सोमबार सिलङ्गा स्वास्थ्यचौकी र मङ्गलबारभूमेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने उनले बताए ।

स्वास्थ्य संस्थामा सञ्चालन हुने शिविरमा पाठेघर खस्ने समस्या जाँच, उपचार र परामर्श, पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सरको स्क्रिनिङ, प्रसप फिस्टुलाको स्क्रिनिङ, तल्लो पेटको दुखाइ हुने, सेतो पानी बग्ने समस्याको जाँच र उपचार, परिवार नियोजनको लामो अवधिको साधन इम्पलान्ट राखिने र महिलाको निःशुल्क अल्ट्रासाउण्ड सेवा दिइने बताइएको छ ।

यस्तै सुर्नया गाउँपालिकामा आइतबारदेखि प्रजनन स्वास्थ्य शिविर सञ्चालन भएको छ । आज भूमिराज आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन भएको हो । यसैगरी चैत १६ गते गते शिखरपुर स्वास्थ्यचौकी, १७ गते शङ्करपुर स्वास्थ्यचौकी, २० गते रौलेश्वर स्वास्थ्यचौकी र २१ गते भौनेली स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।