५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेद्वारा देशव्यापी ज्ञापनपत्र अभियान



अ+ अ-

काठमाडाैँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै देशव्यापी रूपमा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम सञ्चालन गरेको छ। पार्टीले आज ७७ वटै जिल्लामा एकैसाथ ज्ञापनपत्र बुझाउने अभियानअन्तर्गत विभिन्न स्थानमा जुलुस तथा र्‍यालीसहित प्रशासन कार्यालय पुगेर सरकारलाई ध्यानाकर्षण गराएको हो।

काठमाडौंमा माइतीघरदेखि बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयसम्म नेता–कार्यकर्ताको जुलुससहितको प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई ज्ञापनपत्र बुझाइएको छ। त्यस्तै मोरङमा पनि र्‍यालीसहित पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष ओलीसहित पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गरेको छ।

पाल्पामा जिल्ला अध्यक्ष ओमबहादुर घर्ती मगरको नेतृत्वमा भएको जुलुसले प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा ओलीको गिरफ्तारी कानुनी रूपमा पुष्टि हुन नसकेको दाबी गर्दै विना शर्त रिहाइको माग गरिएको छ। साथै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति सर्वोच्च अदालतले समेत प्रश्न उठाएको उल्लेख गर्दै उक्त प्रतिवेदन न्यायिक सिद्धान्त विपरीत भएको दाबी गरिएको छ। प्रतिवेदन सार्वजनिक नगरी गरिएको भनिएको धरपकडलाई पनि प्रतिशोधपूर्ण कदमका रूपमा चित्रण गरिएको छ। यसैगरी बजारमा देखिएको खाना पकाउने ग्यास र इन्धन अभाव समाधान गर्नुपर्ने तथा लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सरकारको भूमिकाप्रति गम्भीर ध्यानाकर्षण गरिएको जनाइएको छ।

मधेस प्रदेशको बारामा पनि अध्यक्ष अध्यानन्द पाण्डेको नेतृत्वमा जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको छ। त्यहाँको ज्ञापनपत्रमा ओलीको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै निष्पक्ष छानबिन र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्न सरकारसँग माग गरिएको छ। पार्टीले नेतृत्वमाथि भएको अन्यायविरुद्ध निरन्तर संघर्ष गर्ने चेतावनी समेत दिएको छ।

सुर्खेतमा प्लेकार्डसहितको र्‍याली निकालेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ भने बर्दियामा पनि पार्टी अध्यक्ष शालिकराम अधिकारीको हस्ताक्षरसहितको ज्ञापनपत्रमार्फत गिरफ्तारीलाई कानुनी आधारविहीन भन्दै आपत्ति जनाइएको छ। चितवनमा अध्यक्ष कमलराज पाठकसहितको टोलीले प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउँदै कार्की आयोगको प्रतिवेदन अध्ययन नगरी गरिएको धरपकडप्रति असन्तुष्टि जनाएको छ।

त्यस्तै झापामा चन्द्रगढीबाट जुलुससहित पुगेका नेता–कार्यकर्ताले पनि जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। एमालेका अनुसार देशका अन्य जिल्लामा पनि समान रूपमा ज्ञापनपत्र बुझाउने कार्यक्रम जारी रहेको छ।