१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित

 कैलालीको मोहना नदीमा ६८० मिटर बिगबोल्डर तटबन्ध, कटानको त्रासबाट स्थानीयलाई राहत

 कैलालीको मोहना नदीमा ६८० मिटर बिगबोल्डर तटबन्ध, कटानको त्रासबाट स्थानीयलाई राहत
अ अ+ अ-

काठमाडाैँ । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा वर्षौँदेखिको कटान जोखिम अन्त्य हुने गरी ठूला ढुङ्गा (बिगबोल्डर) प्रयोग गरेर तटबन्ध निर्माण गरिएको छ । रु चार करोड ११ लाख लागतमा निर्माण गरिएको ६८० मिटर लामो तटबन्ध सम्पन्न भएपछि स्थानीयवासीले लामो समयदेखिको त्रास हटेको प्रतिक्रिया दिएका छन् ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका अनुसार गत आर्थिक वर्षको बजेटमार्फत निर्माण सम्पन्न गरिएको उक्त तटबन्धले बर्खायाम मात्र नभई हिउँदमा समेत हुने कटान नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । आयोजना कार्यालयका इञ्जिनियर उत्तम सुवेदीका अनुसार मोहना नदीको निरन्तर कटान रोक्न दीर्घकालीन उद्देश्यसहित ठूला ढुङ्गाको प्रयोग गरी संरचना निर्माण गरिएको हो ।

स्थानीयवासी खड्ग धामीका अनुसार नदी कटानका कारण नेपाल–भारत सीमा क्षेत्रमा रहेको १०५ नम्बरको पिलरसम्म जोखिममा परेको थियो । बर्खायाममा घर नै बग्ने डरले रातभर निद्रा नपर्ने अवस्था रहेको भन्दै उनले अब भने सुरक्षित महसुस भएको बताए । उनले नदी कटानका कारण सयौँ बिघा जमिन गुमाउनुका साथै कतिपय परिवार विस्थापित हुनुपरेको स्मरण गरे।

स्थानीय रणसिंह धामीले तटबन्ध निर्माणपछि आवागमन र सीमा क्षेत्रको गतिविधिमा समेत सहजता आएको बताए। उनका अनुसार भारतको वैष्णोदेवी मन्दिर जाने तथा त्यहाँबाट नेपालतर्फ आउने पर्यटकहरूका लागि समेत सहज वातावरण बनेको छ ।

पूर्व प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेले लामो समयदेखिको स्थानीय मागपछि निर्माण सम्पन्न भएको तटबन्धले नदी कटान र डुबानबाट प्रभावित बस्तीलाई राहत दिएको बताइन् । उनले विगतका कमजोर संरचनाभन्दा अहिलेको बिगबोल्डर प्रविधिको तटबन्ध बढी टिकाउ हुने विश्वास व्यक्त गरिन्।

स्थानीय वीरबहादुर चौधरीका अनुसार नदी कटानका कारण नेपाली भूमि सीमा पारि धकेलिँदा त्यहाँ खेतीपातीसमेत प्रभावित भएको छ । उनले सीमावर्ती क्षेत्रमा नदीको धार परिवर्तनले नेपाली भूभाग नै अन्य देशतर्फ गएको गुनासो गरिन्।

कैलालीमा कर्णाली र मोहना नदीले वर्षेनी सयौँ बिघा जमिन कटान गर्दै आएको छ । विशेषगरी कर्णाली नदीको धार परिवर्तनका कारण टीकापुर नगरपालिका र जानकी गाउँपालिका उच्च जोखिममा रहेका छन् । रानीजमरा कुलरिया सिँचाइ आयोजनाले विभिन्न स्थानमा तटबन्ध निर्माण गरे पनि नदीको निरन्तर धार परिवर्तनका कारण दीर्घकालीन समाधान अझै चुनौतीपूर्ण रहेको स्थानीयले बताएका छन् ।

स्थानीयवासीका अनुसार योजनाबद्ध र स्थायी संरचना निर्माणमार्फत मात्र बस्ती तथा खेतीयोग्य जमिनलाई दीर्घकालीन रूपमा जोगाउन सकिने देखिन्छ ।