१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित

चितवनको कालिका नगरपालिकाको सेवा आफ्नै प्रशासकीय भवनबाट सुरु

चितवनको कालिका नगरपालिकाको सेवा आफ्नै प्रशासकीय भवनबाट सुरु
अ अ+ अ-

काठमाडाैँ ।चितवनकाे कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ ।

नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार आजदेखि सम्पूर्ण नियमित प्रशासनिक काम नयाँ भवनबाट सञ्चालन गरिएको हो । करिब छ वर्षको अवधिपछि भवन निर्माण सम्पन्न भई सेवा प्रवाह सुरु गरिएको हो ।

निर्माण कम्पनीले विसं २०७६ फागुन १५ गते दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भए पनि निर्धारित समयमा काम पूरा हुन सकेको थिएन । त्यसपछि चार पटकसम्म म्याद थप गरिएको थियो र अन्तिम म्याद २०८१ कात्तिक ३० गतेसम्म विस्तार गरिएको थियो ।

नगरपालिकाले म्याद थप नगर्ने र जरिवाना लिने निर्णय कार्यपालिका बैठक तथा नगर सभाबाट गरेको जनाएको छ । सोअनुसार निर्माण कम्पनीसँग रु एक करोड १६ लाख जरिवाना असुल गरिएको छ ।

प्रमुख रेग्मीका अनुसार रु ११ करोड ५६ लाखको लागतमा आधुनिक सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरिएको हो ।

विसं २०७२ असोज १ गते स्थापना भएको कालिका नगरपालिकाले १० वर्षपछि आफ्नै भवनबाट सेवा दिन थालेको हो । नयाँ भवनमा सभाहल, नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका सचिवालयसहित कार्यकक्ष व्यवस्था गरिएको छ ।

यसका साथै आर्थिक, स्वास्थ्य, कृषि तथा पशु सेवा, सामाजिकलगायत सबै शाखाहरू एउटै भवनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । साविकको जुटपानी, पदमपुर, शक्तिखोर र सिद्धि गाउँ विकास समिति समायोजन गरी नगरपालिकाको संरचना बनेको हो ।

करिब ५२ हजारभन्दा बढी जनसङ्ख्या रहेको यस नगरपालिकामा ब्राह्मण, चेपाङ, तामाङ, थारु, क्षेत्रीलगायत विभिन्न जातजाति तथा समुदायको मिश्रित बसोबास छ ।

नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा सुरु गरेसँगै सेवा प्रवाह थप सहज हुने तथा कर्मचारीको कामकाजमा समेत प्रभावकारीता आउने नगर प्रमुख रेग्मीले विश्वास व्यक्त गरे।