१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित

रासायनिक मल व्यवस्थापानका लागि सोमबारसम्म रोडम्याप बनाउन मन्त्री चौधरीको निर्देशन

रासायनिक मल व्यवस्थापानका लागि सोमबारसम्म रोडम्याप बनाउन मन्त्री चौधरीको निर्देशन
अ अ+ अ-

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले रासायनिक मलको व्यवस्थापनका लागि आउँदो सोमबारसम्म रोडम्याप बनाउन निर्देशन दिनुभएको छ। मन्त्री चौधरीले शनिबार कृषि सामग्री कम्पनी लिमिटेडको अनुगमन गर्दै मलको व्यवस्थापनका लागि आउँदो सोमबारसम्म रोडम्याप बनाउन निर्देशन दिनुभएको हो।

चालु आर्थिक वर्षमा रासायनिक मल आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्ने देखिएकाले आउँदै गरेको मुख्य धान बाली सिजनलाई लक्षित गर्दै मन्त्री चौधरीले कम्पनीको अनुगमन गरी मलको मौज्दात तथा आपूर्तिको अवस्थाबारे चासो राख्नुभएको हो। सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रासायनिक मल आयात गर्न २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

वर्षभार नेपाललाई करिब १३ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ। तर हालको बजेटले करिब ५ लाख टन रासायनिक मल मात्रै खरिद गर्न सकिने अवस्था छ। उक्त बजेटबाट ६ लाख मेट्रिक टन मल आयात गर्ने सरकारको लक्ष्य थियो। अर्थ मन्त्रालयसँगको समन्वयपछि उक्त लक्ष्य घटाएर करिब ५ लाख ५० हजार मेट्रिक टनमा झारिएको थियो। तर मूल्य वृद्धि र बजेट अभावका कारण हालसम्म करिब ३ लाख ७ हजार मेट्रिक टन मात्र मल आयात गरिएको कृषि मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले जानकारी दिनुभएको छ।

आयात गरिएको मलमध्ये करिब १ लाख १७ हजार मेट्रिक टन मौज्दात रहेको छ, जुन आउँदो असारसम्म पुग्ने छ। कृषि सामग्री कम्पनीले २० अर्ब १७ करोड ४० लाख रुपैयाँ प्राप्त गरेको मध्ये करिब १९ अर्ब रुपैयाँ खर्च गरिसकेको जनाएको छ। कम्पनीका अनुसार हाल मौज्दात मल आउँदो असारसम्मका लागि पर्याप्त रहनेछ। त्यसपछिको मल व्यवस्थापनका लागि मन्त्री चौधारीले रोडम्याप तयार गर्न निदैशन दिनु भएको हो।

“असारसम्म मल पुग्छ, त्यसपछि हामीले कसरी मल आपूर्ति गर्न सक्छौँ, व्यवस्थापनका लागि सोमबारसम्म यहाँहरुले रोडम्याप तयार गर्नु होला,”मन्त्री चौधारीले भन्नुभयो। अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य निरन्तर बढेसँगै हाल अनुदान रकममा थप दबाब सिर्जना भएको छ। मध्यपूर्वी अघि रासायनिक मलमा ८० प्रतिशतभन्दा बढी अनुदान दिँदै आएको थियो।

तर पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य करिब ४० प्रतिशतसम्म बढेसँगै सरकारमाथि भारी अनुदान दिनुपर्ने वा मूल्य वृद्धि गर्नुपर्ने दबाब सिर्जना भएको अवस्था छ। मल आपूर्तिमा समस्या आउनुका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि, प्राकृतिक ग्यासको अभाव, प्रमुख उत्पादक देशहरूमा उत्पादन कटौती तथा केही देशहरूले निर्यातमा लगाएका प्रतिबन्धहरू रहेको कम्पनीले जनाएको छ। चीनले निर्यात नियन्त्रण गरेको, भारतले आन्तरिक मागका कारण आपूर्ति घटाएको तथा रूस–युक्रेन युद्धपछि आपूर्ति शृङ्खला प्रभावित भएको छ। यसका साथै पछिल्लो समय खेति गर्ने तरीकामा पनि परिवर्तन देखिएको छ ।

हाल चक्रिय प्रणालि अर्थात वर्षको चारै सिजनमा खेति हुन गरिएसँगै रासायनिक मलको माग बढ्दो छ। यस समस्याको दीर्घकालीन समाधानका लागि मन्त्री चौधरीले रासायनिक मलको विकल्पका विषयमा थप अध्ययन तथा छलफल गर्न समेत निर्देशन दिनुभएको छ। रासायनिक मलका लागि उपलब्ध गराइने अनुदान बजेट अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा मन्त्रालयले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई क्रमशः ७० र ३० प्रतिशतका दरले उपलब्ध गराउने व्यवस्था रहेको छ।