१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए



अ+ अ-

पर्सा। वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन् ।

पछिल्लो समय मध्यपूर्वका देशमा देखिएको सङ्कटसँगै नेपालसहित अन्य मुलुकमा एलपी ग्यासको अभाव देखिएको छ । यसैबीच, वीरगञ्ज नाका हुँदै फागुनमा मात्रै एक हजार ५६० वटा एलपी ग्यासका बुलेट भित्रिएका भन्सार कार्यालयले जनाएको छ ।

कार्यालय मातहत पर्ने एकीकृत भन्सार जाँचचौकीको व्यवस्थापन गर्दै आउनुभएका टिआरएस हिमायन लजी पार्कका ‘अपरेसन हेड’ गणेश घिमिरेले गत फागुनदेखि चैत १३ गतेसम्मको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट वीरगञ्ज नाका हुँदै भित्रिएका जानकारी दिनुभयो ।

“गत माघमा एक हजार ४०३ वटा एलपी ग्यासका बुलेट भित्रिएका थिए”, उहाँले भन्नुभयो, “चैतको १३ गतेसम्म पनि ५७६ वटा बुलेट भित्रिएका छन् ।” वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको सात महिनामा यो नाका हुँदै रु २० अर्ब ८५ करोड मूल्य पर्ने २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ ।

गत आवको सात महिनाको अवधिमा रु २४ अर्ब छ करोड मूल्य पर्ने २१ करोड ४२ हजार ७८१  किलो एलपी ग्यास आयात भएको थियो । रासस