१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको प्रतिशोधपूर्ण व्यवहारविरुद्ध तत्काल प्रतिरोध गर्नुपर्ने : ईश्वर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले वर्तमान सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारले प्रतिशोधपूर्ण व्यवहार देखाउन थालेको आरोप लगाएका हुन्।

पोखरेलले सरकार गठन भएलगत्तै बदलाको भावनाबाट प्रेरित गतिविधि सुरु भएको दाबी गर्दै यस्तो कार्यलाई निन्दनीय भएको उल्लेख गरेका छन्। उनले यस प्रकारको सरकारी व्यवहारको सशक्त प्रतिवाद र प्रतिरोध आवश्यक रहेको बताएका छन्।

उनका अनुसार वर्तमान अवस्थाले कानूनी तथा राजनीतिक दुवै दृष्टिकोणबाट चुनौती उत्पन्न गरेको छ।

उनले सबै पक्षलाई एकजुट भई प्रतिशोधपूर्ण गतिविधिविरुद्ध तत्काल आवश्यक कदम चाल्न आह्वान गरेका छन्।