१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

निर्वाचनमा तालमेलका लागि कोसिस गर्छौँ, नभए एक्लै प्रतिस्पर्धा गर्छौँ : प्रचण्ड

निर्वाचनमा तालमेलका लागि कोसिस गर्छौँ, नभए एक्लै प्रतिस्पर्धा गर्छौँ : प्रचण्ड
अ अ+ अ-

काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले आसन्न निर्वाचनमा सकेसम्म गठबन्धनबीच सहकार्य गर्ने अन्यथा एक्लै प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । दिवङ्गत नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को नुवाकोटको पिपलटारमा निर्माण गरिएको पूर्णकदको शालिक अनावरण गर्दै अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी ) कार्यान्वयनका पक्षमा देखिएको समस्या समाधानका लागि सत्तारुढ गठबन्धनबीच भएको सहकार्य आसन्न निर्वाचनमा पनि कायमै राख्न कोसिस गरिने बताउनुभयो ।

“केन्द्रीय कमिटीको हालै सम्पन्न बैठकले निर्वाचन केन्द्रित दुईमहिने अभियानको घोषणा गरेकाले अबको समय चुनावी तयारीको रहेको छ”, उहाँले भन्नुभयो, “अब प्रदेशस्तरीय भेला तथा प्रशिक्षण गर्दै त्यसपछि जनताको घरघरमा पुगेर पार्टीलाई विजयी गराउनका लागि अपिल गर्ने नीति पार्टीले अवलम्बन गरेको छ ।” स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनबीच तालमेल प्रयास जारी रहेको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “जनतासँगको सम्बन्ध बलियो बनाएर आफ्नै खुट्टामा उभिएर चुनाव जित्न उच्च प्रथामिकता दिने हो तर सत्तारुढबीचको सम्बन्ध कायम राख्दै तालमेललाई पनि ध्यान दिने र त्यसका लागि पनि नेतृत्वले प्रयास गरिराख्छ ।”

दिवाकरको सम्झना

नेपालको कम्युनिष्ट आन्दोलन र माओवादी पार्टीको सङ्गठन निर्माणसहित सुदृढीकरणमा शालिन र शिष्ट नेता दिवाकरको निधनले ठूलो क्षति पुगेको र अहिले पनि अभाव खट्किरहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । ‘पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’का संरक्षकसमेत रहनुभएका प्रचण्डले विदुर–५ पिपलटार उद्यानमा बनाइएको शालिक मात्र नभई उहाँको योगदानको शिक्षा ग्रहण गर्ने थलोका रूपमा विकास गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नुवाकोटबाट प्रतिनिधित्व गर्दै केन्द्रीय राजनीतिमा रहनुभएका नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महत, नेकां कार्यसम्पादन समितिका सदस्य डा रामशरण महत, अजुर्ननरसिंह केसी, नेकपा ९माओवादी केन्द्र०का नेता नारायणकाजी श्रेष्ठ, केन्द्रीय सदस्य हितबहादुर तामाङ, नेकपा ९एकीकृत समाजवादी०का नेता राजेन्द्रप्रकाश लाहनीलगायतका वक्ताले दिवाकरलाई सामान्य जीवनशैली, देश र जनताका लागि इमान्दार व्यक्तित्व एवं टुटफुटभन्दा पनि एकताको पक्षमा लगनशील व्यक्तित्वको रूपमा उहाँको योगदानको चर्चा गर्नुभयो ।

तत्कालीन पार्टी उपाध्यक्षसमेत रहनुभएका दिवाकरको विसं २०७१ भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । पूर्वमन्त्रीसमेत रहनुभएका उहाँको स्मृतिमा नुवाकोटको पिपलटारमा स्थापना गरिएको पूर्णकदको शालिकको अनावरण गरिएसँगै उहाँको जीवन झल्कने वस्तुस्थिति, लेख रचना, पार्टीका लागि पु¥याएको योगदानलगायतका सामग्री समावेश गरेर पुस्तकालयसमेत स्थापना गर्ने र उहाँको अधुरो सपना पूरा गर्ने अभियानमा लाग्ने प्रतिष्ठान अध्यक्ष हितराज पाण्डेले बताउनुभयो ।

दिवाकरको जन्म नुवाकोटको साविक तुप्चे गाविस–२ स्थित भित्रीनिटारमा विसं २०१० मा भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक चरण विसं २०३६ को पञ्चायत सुधारको आन्दोलन, विसं २०४६ को बहुदल स्थापनाको आन्दोलन, विसं २०५२ देखिको एक दशकसम्म चलेको जनयुद्ध ९सशस्त्र० आन्दोलन, विसं २०६२/६३ को दोस्रो जनआन्दोलनमा प्रत्यक्ष नेतृत्व गर्नुभएका दिवाकर पटक–पटक दमन, गिरफ्तार, यातना र चुनौतीमाझ पनि कहिल्यै नझुक्ने निडर क्रान्तिकारी योद्धाका रूपमा लिने गरिएको छ । रासस