५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र लेखकको धरपकडविरुद्ध अनेरास्ववियुको विरोध, तत्काल रिहाइको माग



अ+ अ-

काठमाडौं । अनेरास्ववियुले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि गरिएको धरपकडप्रति गम्भीर आपत्ति जनाएको छ।

संगठनले जारी गरेको विज्ञप्तिमा अनेरास्ववियु सधैं राष्ट्र, राष्ट्रियता, लोकतन्त्र तथा कानुनी राज्यको पक्षमा दृढतापूर्वक उभिँदै आएको उल्लेख गर्दै हालैको घटनाले विधिशास्त्रका न्यूनतम मान्यता र कानुनी राज्यको मर्ममाथि प्रश्न उठाएको जनाएको छ।

विज्ञप्तिमा कानुनी रूपमा पुष्टि हुन नसक्ने आधारमा सरकार गठन भएको चौबीस घण्टा नबित्दै पूर्वाग्रही ढङ्गबाट गरिएको धरपकडले वर्तमान सरकारको नियतमाथि समेत शंका उत्पन्न गरेको उल्लेख गरिएको छ।

लोकतान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेका नेतामाथि यस्तो व्यवहार गरिएको भन्दै संगठनले उक्त कदमको घोर भर्त्सना गरेको छ।

अनेरास्ववियुले नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष ओली र लेखकको अविलम्ब रिहाइको माग गर्दै यसलाई गैरकानुनी कार्यको संज्ञा दिएको छ।

साथै, संगठनले देशभरिका आफ्ना मातहत कमिटीहरूलाई यस कदमको सशक्त प्रतिकार गर्न निर्देशन दिएको जनाएको छ।