१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा बस नदीमा खस्दा मृत्यु हुनेको संख्या २६ पुग्यो



अ+ अ-

काठमाडौँ। बंगलादेशको पद्मा नदीमा बुधवार एउटा बस खस्दा मृत्यु हुनेको संख्या २६ पुगेको एक वरिष्ठ अधिकारीले बताएका छन् । यो घटना ढाकाबाट करिव १२५ किलोमिटर दक्षिणमा पर्ने बंगलादेशको राजबारी जिल्लाको एक फेरी टर्मिनलमा भएको हो ।

राजबारीका डेपुटी कमिश्नर र जिल्ला मजिस्ट्रेट सुल्ताना अख्तरले सिन्ह्वासँग टेलिफोनमा कुरा गर्दै बसमा करिव ४० जना यात्रु सवार रहेको जानकारी दिनुभयो ।

फायर सर्भिसकाअनुसार ढाका जाँदै गरेको उक्त यात्रुवाहक बसले नियन्त्रण गुमाएर पल्टिँदा करिव ८० फिट गहिराइमा डुबेको थियो । अधिकारीहरूका अनुसार बस पल्टिएलगत्तै दुईवटा शव फेला परेका थिए ।

धेरै प्रत्यक्षदर्शीहरूले स्थानीय टेलिभिजन च्यानलहरूलाई बताएअनुसार केवल १० देखि ११ जना यात्रुहरू मात्र पौडिएर किनारमा पुग्न सफल भएका थिए । उनले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल