५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बालेन शाहलाई चिनियाँ प्रधानमन्त्री ली छ्याङले दिए बधाइ



अ+ अ-

चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ सन्देश पठाउनुभएको छ ।

नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार, प्रधानमन्त्री ली छ्याङले चीन र नेपाल पहाड र जलबाट जोडिएको परम्परागत छिमेकी मुलुक हो भन्दै दौत्य सम्बन्ध स्थापना भएको ७१ वर्षयता दुई देशले शान्ति सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा द्वीपक्षीय सम्बन्धको विकास गरिरहेको व्यक्त गर्नुभयो।

नेपाल सरकारको शासन संचालनमा चीन सरकारले समर्थन रहेको भन्दै उहाँले स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अविच्छिन्नताको संरक्षण गर्न नेपाललाई निरन्तर रूपमा समर्थन गर्ने उल्लेख गर्नुभयो।

आफूले प्रधानमन्त्री बालेन्द्र शाहसँग मिलेर चीन-नेपाल उच्चस्तरीय रूपमा बेल्ट एन्ड रोडको संयुक्त निर्माण गर्न र अरू विभिन्न क्षेत्रका सहयोगलाई गहिरो पारी चीन-नेपाल विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अघि सार्ने इच्छा लिएको पनि प्रधानमन्त्री ली छ्याङले बताउनुभयो।