१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी बिचारतिर होइन राष्ट्रियता बलियो बनाउन लागौँः कुन्ती शाही (भिडियो सहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्ती शाहीले राजनीतिक दलको विचार फरक भएपनि राष्ट्रियताको सवालमा सम्पूर्ण पार्टीहरु एक हुनुपर्ने बताएकी छन् । 

प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । 

उनले भनिन् ‘हामी वादतिर होइन, राष्ट्रियता बलियोतिर लागौं । युवाहरुलाई स्वदेशमै रोजगारी निर्माणतिर लागौं र एउटा बलियो अर्थतन्त्र भएको राष्ट्रियता बलियो भएको देश निर्माण गर्नमा सबै दलहरु एक ठाउँमा जुटौं ।