९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

दलित गैरसरकारी संस्था महासङ्घले रास्वपासमक्ष बुझायो ध्यानाकर्षण पत्र

दलित गैरसरकारी संस्था महासङ्घले रास्वपासमक्ष बुझायो ध्यानाकर्षण पत्र
अ अ+ अ-

काठमाडौँ। दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ)ले राष्ट्रिय स्वतन्त्रता पार्टी९रास्वपा० समक्ष विभिन्न मागसहित ध्यानकर्षण पत्र बुझाएको छ ।

आज महासङ्घले रास्वपाको आधिकारी इमेलमार्फत ध्यानाकर्षण पत्र पठाएको महासङ्घका अध्यक्ष जेवी विश्वकर्माले बताउनुभयो ।

ध्यानाकर्षण पत्रमा मन्त्रिपरिषद्को पहिलो बैठकबाट रास्वपाको वाचापत्रको बुँदा नं १ मा उल्लेख भएअनुसार दलित समुदायमाथि भएका जातीय विभेद अन्याय र परिष्करणप्रति राज्यकातर्फबाट क्षामा याचना गर्ने र यसबापत दलित समुदायलाई क्षतिपूर्ति दिने निर्णय गरियोस् भन्ने माग छ ।

त्यस्तै, मन्त्रिपरिषद्मा संविधानअनुसार दलित समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न, विधानमा भएका दलितपक्षीय प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत दलित विकास ऐन जारी गर्न र दलित विकास प्राधिकारण गठन गर्न माग गरिएको छ । प्राधिकरणको गठन नहुञ्जेल साविकका दलित विकास समिति र वादी विकास समितिलाई क्रियाशील बनाउन माग गरिएको छ ।

त्यस्तै, आगामी आर्थिक वर्षमा दलित समुदायका लागि समानुपातिक बजेट विनियोजन गरी बजेटलाई दलितमैत्री बनाउन, संविधानमा भएको व्यवस्थाअनुसार राष्ट्रिय दलित आयोगका प्रदेश कार्यालय स्थापना गर्न, पर्याप्त स्रोतसाधन र बजेटको व्यवस्था गर्न र आयोगलाई अधिकार सम्पन्न बनाउन, दलित समुदायमाथि देशभर भएका जातीय विभेद र छुवाछुतका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही र पीडितलाई न्याय र क्षतिपूर्तिको व्यवस्था गर्नु पनि माग गरिएको छ । रासस