१४ श्रावण २०८३, बिहीबार
,
Latest
देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह चौध लाख बढीका भन्सार छलीका सामान बरामद मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट राहदानी विभागले थप आवेदन फारम खोल्ने प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह



अ+ अ-

काठमाडौँ। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न आग्रह गरेको छ ।

सो अभियानका अध्यक्ष तिलोत्तम पौडेलद्वारा आज जारी विज्ञप्तिमा उक्त मन्त्रालय विघटन, अन्य मन्त्रालयमा गाभ्ने वा नाम परिवर्तन गर्नेजस्ता विषय संवेदनशील र दूरगामी प्रभाव पार्ने भएकाले सोचेर निर्णय लिन आग्रह गरिएको छ ।

कुल जनसङ्ख्याको करिब ३३ दशमलव ८४ प्रतिशत हिस्सा बालबालिकाले ओगटेका छन् । बालबालिका वर्तमानका साझेदार मात्र नभई भविष्यका धरोहर, राष्ट्रका गौरव तथा भोलिका दक्ष जनशक्ति भएकाले यस्तो महत्वपूर्ण जनसङ्ख्या समूहसँग प्रत्यक्ष सम्बन्धित मन्त्रालयलाई कमजोर बनाउने वा अन्य मन्त्रालयमा गाभ्ने कार्यले बालअधिकार संरक्षण तथा प्रवद्र्धनमा गम्भीर असर पार्ने अभियानको भनाइ छ । रासस