३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कार्की आयोग प्रतिवेदनमाथि ओलीको आपत्ति: ‘निराधार सिफारिस, घृणाको राजनीति’

कार्की आयोग प्रतिवेदनमाथि ओलीको आपत्ति: ‘निराधार सिफारिस, घृणाको राजनीति’
अ+ अ-

काठमाडौं । केपी शर्मा ओलीले कार्की आयोगको प्रतिवेदनप्रति कडा आपत्ति जनाउँदै त्यसलाई ‘कुकर्म’ र ‘भद्दा नाटक’को संज्ञा दिएका छन् ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले फौजदारी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अन्तर्गत आफूमाथि छानबिन गर्न गरिएको सिफारिस कानुनी रूपमा निराधार र अस्वीकार्य रहेको बताए । उनका अनुसार ती दफा आकर्षित हुन सम्बन्धित व्यक्ति घटनास्थलमा उपस्थित हुनुपर्ने र घटना प्रत्यक्ष रूपमा सोही व्यक्तिबाट गराइएको हुनुपर्ने कानुनी व्यवस्था छ ।

उहाँले प्रधानमन्त्रीले न त गोली चलाउने आदेश दिने न त स्वयं गोली चलाउने भन्दै आयोगको निष्कर्षप्रति प्रश्न उठाए । आयोगका पदाधिकारीहरूले पहिलेदेखि नै एमालेप्रति पूर्वाग्रही धारणा राखेकै कारण यस्तो प्रतिवेदन आएको उनको आरोप छ ।

ओलीले घटनास्थलमा उपस्थित नै नभएको व्यक्तिलाई लापरवाहीको आधारमा दोषी ठहर गर्न नसकिने जिकिर गर्दै यस्तो सिफारिस न्यायिक दृष्टिले असंगत भएको बताए। प्रधानमन्त्री, गृहमन्त्री वा प्रहरी महानिरीक्षकजस्ता पदाधिकारीविरुद्ध उक्त दफाअन्तर्गत सिफारिस गर्नु नमिल्ने उनको भनाइ छ ।

प्रतिवेदनमा आफ्नो नाम उल्लेख गरिनु चरम पूर्वाग्रहको परिणाम भएको दाबी गर्दै ओलीले त्यसलाई बदनाम गर्ने, चरित्र हत्या गर्ने तथा घृणाको राजनीति झल्काउने अर्को उदाहरणका रूपमा टिप्पणी गरे।