३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर कप बुधबारदेखि



अ+ अ-

काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा आठौं एक्सेल्सियर कप अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । बास्केटबलमा २६ र फुटबलमा ३६ गरी जम्मा ६२ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले जानकारी गराए । बास्केटबलको सिनियर ब्वाइजमा १२, जुनियर ब्वाइजमा ११ र गल्र्समा १३ टिमको सहभागिता रहने छ ।

फुटबलको यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १२ र यु–१६ गल्र्समा ८ टिमले भाग लिने छन् । फुटबल फाइभ ए साइड स्वरुपमा हुने छ । गल्र्स फुटबल पहिलो पटक समावेश गरिएको हो । खेलकुदमा महिलाको पनि समान सहभागितालाई ध्यानमा राखि महिला फुटबल थप गरिएको प्रिन्सिपल रजकले बताए । फुटबलको यु–१२ ब्वाइजमा एक्सेल्सियर र यु–१६ ब्वाइजमा त्रिनेत्र तथा बास्केटबलको जुनियर ब्वाइजमा र सिनियर ब्वाइज दुवैमा रेडिअन्ट पब्लिक स्कुल र गल्र्समा स्वर्णिम डिफेन्डिङ च्याम्पियन हुन् ।

पुस ११ गतेसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा हुने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीले जानकारी दिए ।