५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर कप बुधबारदेखि



अ+ अ-

काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा आठौं एक्सेल्सियर कप अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । बास्केटबलमा २६ र फुटबलमा ३६ गरी जम्मा ६२ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले जानकारी गराए । बास्केटबलको सिनियर ब्वाइजमा १२, जुनियर ब्वाइजमा ११ र गल्र्समा १३ टिमको सहभागिता रहने छ ।

फुटबलको यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १२ र यु–१६ गल्र्समा ८ टिमले भाग लिने छन् । फुटबल फाइभ ए साइड स्वरुपमा हुने छ । गल्र्स फुटबल पहिलो पटक समावेश गरिएको हो । खेलकुदमा महिलाको पनि समान सहभागितालाई ध्यानमा राखि महिला फुटबल थप गरिएको प्रिन्सिपल रजकले बताए । फुटबलको यु–१२ ब्वाइजमा एक्सेल्सियर र यु–१६ ब्वाइजमा त्रिनेत्र तथा बास्केटबलको जुनियर ब्वाइजमा र सिनियर ब्वाइज दुवैमा रेडिअन्ट पब्लिक स्कुल र गल्र्समा स्वर्णिम डिफेन्डिङ च्याम्पियन हुन् ।

पुस ११ गतेसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा हुने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीले जानकारी दिए ।