३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…

गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…
अ+ अ-

काठमाडौं । दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक नै जान नमान्ने र गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको हो ।

तर यहाँस्थित दैलेख अस्पतालका एक चिकित्सकले भने विशेष सक्रियता देखाउँदा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते हुनुभएका आठबीस नगरपालिका–७ गैराखेतका एक युवकको ज्यान जोगिएको छ ।

अस्पतालका इन्चार्ज डा मनोज विश्वकर्माको टोलीले सदरमुकामदेखि ११० किलोमिटर टाढाको सो स्थानमा पुगेर गुडिरहेको एम्बुलेन्सभित्रै आपत्कालीन उपचार गरेको हो ।

२७ वर्षीय जीवन चन्दलाई बुधबार राति ३१ वर्षीय जिराबहादुर चन्दले धारिलो हतियार प्रहार गरी नाडी नै छिनाल्ने प्रयास गरेका थिए ।

मदिरा सेवन गरी भएको सामान्य विवाद र पुरानो रिसइबीका कारण सो घटना घटेको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थल सदरमुकामदेखि टाढा र सञ्चार सम्पर्क विहीन क्षेत्रमा रहेकाले घाइतेलाई समयमै अस्पताल पु-याउन चुनौतीपूर्ण थियो ।

घाइतेको अवस्था नाजुक रहेको र अत्यधिक रक्तस्राव भइरहेको जानकारी पाउनासाथ डा विश्वकर्माको टोली बिरामी कुरेर बस्नुको साटो आफैँ औषधि र उपकरणसहित घटनास्थलतर्फ लागेका थिए ।

डा विश्वकर्माको टोलीले सात्तलाको पुलबजारमा एम्बुलेन्स भेटेपछि सो एम्बुलेन्समा चढी गुडिरहेकै अवस्थामा प्राथमिक शल्यक्रियात्मक उपचार गरी रक्तस्राव रोक्न सफल भएको थियो ।

“घाइते बोल्न सक्ने अवस्थामा थिएनन्, गम्भीर चोटले गर्दा रगत धेरै बगिसकेको थियो । यदि हामी बाटोमै नपुगेको भए रक्तअल्पताका कारण बाटोमै बिरामीको ज्यान जान सक्ने जोखिम थियो,” डा विश्वकर्माले भने।

चिकित्सकको यो कदमले घाइतेको अवस्था स्थिर भएपछि उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा ईश्वर बलामीका अनुसार बाटोमा डा विश्वकर्माको टोलीले गरेको उपचारका कारण बिरामीको ज्यान बचाउन ठुलो मद्दत पुगेको छ ।

यद्यपि, चोट गहिरो भएकाले थप विशेषज्ञ उपचारका लागि घाइतेलाई काठमाडौँ ‘रिफर’ गरिएको उनले बताए  । घटनाका अभियुक्त जिराबहादुर चन्दको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्पराज रोकायका अनुसार फरार अभियुक्तको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । सरकारी अस्पतालका चिकित्सकले देखाएको यो व्यावसायिक धर्म र मानवीय संवेदनाको स्थानीयस्तरमा उच्च प्रशंसा भएको छ ।