१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री पायल पक्राउ



अ+ अ-

भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरुका बारेमा आपत्तिजनक टिप्पणी गरेपछि बलिउड अभिनेतृ पायल रोहत्गी पक्राउ परेकी छन् । पायलले नेहरु परिवारबारे गत अक्टोबरमा टिप्पणी गरेपछि राजस्थानको बुन्दी प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो । उनले आफ्नो फेसबुकमार्फत भिडियो बनाई टिप्पणी गरेकी थिइन् । अभिनेत्री पायलले जवाहरलाल नेहरुका पिता मोतीलाल नेहरु र जवाहरलालका श्रीमतीका बारेमा टिप्पणी गरेकी थिइन् ।

उक्त भिडियो सार्वजनिक भएपछि कंग्रेसका युवानेता चर्मेस शर्माले सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा मुद्दा दायर गरेका थिए । प्रहरीले उनलाई यसबारे उत्तर दिन मागसमेत गरेको थियो । त्यसलगत्तै उनले आफ्नो टिप्पणीबारे माफीसमेत मागेकी थिइन् ।

शर्माले उक्त भिडियोले भारतको सम्बन्ध अरु राष्ट्रसँग बिग्रिने भन्दै विरोध गरेका थिए । पायल बलिउड अभिनेत्रीका साथै मोडेल समेत हुन् । यसअघि पनि उनी विभिन्न विषयमा टिप्पणी दिँदा पटकपटक विवादमा तानिँदै आएकी थिइन् ।