• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

जापानमा भारी हिमपातका कारण १०० भन्दा बढी उडान रद्द



जापान । देशको पश्चिमी र उत्तरपश्चिमी क्षेत्रमा भारी हिमपातका कारण जापानमा १०० भन्दा बढी उडानहरू रद्द गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

जापानी प्रसारक एनएचकेका अनुसार निप्पोन एयरवेजका ६९ र जापान एयरलाइन्सका ३५ र पीच एभिएसनका २ उडान रद्द भएका छन् । आइतबार बिहानसम्म विभिन्न प्रान्तमा ३५ इन्चसम्म हिउँ परेको मौसमविद्ले बताएका छन् । देशको पश्चिमी भूभागमा चिसो बढेसँगै भारी हिमपात जारी रहने अनुमान गरिएको छ ।

सोमबार सम्म, चक्रवात होन्शु टापुको केन्द्र तर्फ सर्दैछ जसले विशेष गरी कन्साई क्षेत्रमा कडा हिमपात हुनसक्ने जनाइएको छ ।