९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड
फाइल फोटो
अ अ+ अ-

विराटनगर। होटल सङ्घ नेपाल(हान) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पूर्वी नेपालमा जारी ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत यहाँ आयोजित कार्यक्रममा पोखरा र कोशी प्रदेशबीच पर्यटकीय साझेदारी हुनुपर्नेमा जोड दिइएको छ ।

पर्यटन राजधानी पोखरासहित गण्डकी प्रदेश र नेपालको औद्योगिक सहरका रुपमा परिचित विराटनगरसहित कोशी प्रदेश आफैँमा धेरै पर्यटकीय सम्भावनायुक्त सहर भएको भन्दै कार्यक्रमका वक्ताले पर्यटकीय साझेदारीले दुवै सहरहरू लाभान्वित हुने बताए ।

होटल सङ्घ नेपाल कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले पर्यटकीय साझेदारीबाट गण्डकी र कोशी दुवै प्रदेश लाभान्वित हुने बताउनुुभयो । गण्डकी प्रदेशसँगको पर्यटकीय साझेदारीकै लागि यसअघि प्रदेशका पर्यटनमन्त्री स्तरीय समिति गठनसँगै पर्यटन सम्बद्ध सङ्घसंस्थाबीच पनि महत्वपूर्ण प्रयासहरू भइसककेको बताउँदै उहाँले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुुपर्ने बताउनुुभयो ।

होटेल सङ्घ नेपाल कोशी प्रदेशका उपाध्यक्ष भवि श्रेष्ठले नेपालकै राम्रो सहर पोखराको माछापुुच्छे« र विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको प्रदेश कोशीबीच धेरै पर्यटकीय सम्भाव्यता रहेको बताउनुुभयो ।

पोखराको विन्ध्यवासिनीदेखि कोशीको बराहक्षेत्रलगायतका धार्मिक पर्यटकीय गन्तव्यमा पर्यटकीय साझेदारीमार्फत ठूलो सङ्ख्यामा पर्यटक आदानप्रदान गर्न सकिने उहाँले जानकारी दिनुुभयो । होटेल सङ्घ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक पर्यटनकै उद्देश्यका साथ विगत २५ वर्षयता नेपालका प्रमुख सहरहरूमा ‘जाउँ है पोखरा’ कार्यक्रम सञ्चालन भइरहेको बताउँदै आफूहरू पर्यटकीय साझेदारीका लागि निरन्तर लागिरहेको बताउनुुभयो ।

यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखरामा फेवा नववर्ष महोत्सव गर्न लागिएको बताउँदै उहाँले उक्त अवसरमा पोखराका होटलमा २५ प्रतिशत छुटसहितको प्याकेज रहेको जानकारी गराउनुुभयो ।

पोखराको होटल क्षेत्रमा मात्रै रु छ खर्ब बढी लगानी भइसकेको बताउँदै उहाँले यहाँ पर्यटकलाई लक्षित गरी बनाइएका एक हजार २०० को सङ्ख्याका होटलले दैनिक ४० हजार जनासम्म पर्यटकलाई सेवा दिन सक्ने जानकारी दिनुुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले हिमाल र ताललाई एक साथ अवलोकन गर्न पाइने पोखरा प्रकृतिप्रेमीका निम्ति उत्कृष्ट गन्तव्य भएको बताउनुुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गण्डकी र कोशीबीचको जनस्तरको पर्यटकीय सम्बन्ध र साझेदारीका माध्यमबाट दुवै प्रदेश लाभान्वित बन्ने बताउनुुभयो ।

नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स कोशी प्रदेशका अध्यक्ष पुष्प भट्टराईले पर्यटकीय साझेदारीका माध्यमबाट पोखरा र विराटनगर दुवै क्षेत्र लाभान्वित हुने बताउनुुभयो । रासस