• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या बढ्यो



तुलसीपुर । मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पनि पुरुष सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन् । चालू आर्थिक वर्ष २०७६/७७ को मङ्सिरसम्म जिल्ला अदालतमा १८४ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन् । मुलुकी संहिताले सम्बन्धविच्छेदका लागि पुरुष पनि सोझै अदालतमा जान सक्ने व्यवस्था गरेपछि पुरुष पनि सम्बन्धविच्छेदका लागि अदालत जाने गरेका हुन् ।

जम्मा ४७२ सम्बन्धविच्छेदका मुद्दा परेकामा २८८ महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेको दाङ देउखुरी जिल्ला अदालतका श्रेस्तेदार धनीप्रसाद चापागाँइले बताए । दर्ता भएका मुद्दामध्ये १५० मुद्दा फछ्र्योट हुन बाँकी रहेको श्रेस्तेदार चापागाँइले बताए । तीन सय २२ मुद्दा भने फछ्र्योट भइसकेका उनको भनाइ छ । गत वर्षको तुलनामा सम्बन्धविच्छेदका घटनामा वृद्धि हुँदै गएका उनको भनाइ छ ।

सम्बन्धविच्छेदका लागि निवेदन दिने पुरुषले श्रीमतीले घर–व्यवहार चलाउन नसकेको, आफू वैदेशिक रोजगारीमा रहँदा घरमा सम्पत्ति हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध जोडेको कारण देखाउँदै मद्दा दिएको श्रेस्तेदार चापागाईंले जानकारी दिए । दाङ देउखुरी जिल्ला अदालतका अनुसार पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेमविवाह र नयाँपुस्ता आफूहरु स्वतन्त्ररूपमा रहन चाहनु नै सम्बन्धविच्छेदका प्रमुख कारण रहेको चापागाईंले बताए ।