९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
फाइल फोटो
अ अ+ अ-

तनहुँ। जिल्लामा उत्पादित मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् ।

यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तरराष्ट्रिय रूपमा बजारीकरण हुन थालेपछि यहाँका किसान उत्साहित हुनाका साथै मौरीपालनतर्फ थप आकर्षित हुन थालेका हुन् ।

सूर्य नेपाल प्रालिको हिमालयन ट्रेजरले यहाँ उत्पादित मह किसानसँग खरिद गरी बजारीकरण गर्न थालेको छ । प्रारम्भिक चरणमा दुई हजार १०० किलो मह प्रतिकिलो रु दुई हजारका दरले खरिद गरिएको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत किसानलाई कफीका बिरुवा वितरण गर्दै बहुआयामिक कृषि प्रणालीलाई प्रोत्साहन गरेपछि यसले किसानको आयस्रोत विविधीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

थप्रेकका किसान सुरज वाग्लेले आफूहरूले उत्पादन गरेको महले विश्वबजारमा प्रवेश पाएपछि निकै उत्साह थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो उत्पादनले अन्तरराष्ट्रिय बजारमा प्रवेश पाउनु खुसीको कुरा हो । थप बजार विस्तार भएमा कृषकलाई यही पेसामा टिकिराख्न सहयोग पुग्नेछ ।”

वाग्लेका अनुसार यस ठाउँमा पाँच सयभन्दा बढी किसान मौरीपालनमा आबद्ध छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (यसअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना) अन्तर्गत सञ्चालित मौरीपालन कार्यक्रमले यस क्षेत्रमा व्यावसायिक मौरीपालन विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । सुरुमा १० जना किसानबाट सुरु भएको कार्यक्रम हाल पाँच सय जनामा पुगेको छ ।

वाग्लेसँग मात्र हाल २५ वटा मौरीघार छन् । आगामी दिनमा घारको सङ्ख्या दुई सयसम्म विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । “महको मूल्य र बजार दुवै राम्रो हुँदै गएको छ, त्यसैले थप लगानी गरेर उत्पादन बढाउने सोचमा छु” उहाँले भन्नुभयो ।

महको गुणस्तर सुनिश्चित गर्न सूर्य नेपाल प्रालिले प्रत्येक महिना विभिन्न फूलको स्रोतबाट सङ्कलित महको परीक्षण गर्दै आएको छ । यस क्रममा कात्तिक महिनामा कटुस वनबाट सङ्कलित मह उच्च गुणस्तरको देखिएको र विदेशी बजारका लागि उपयुक्त ठहरिएको जनाइएको छ ।

अगुवा किसान नन्दुथापा मगरले यहाँ उत्पादित मह विदेशमा बजारीकरण हुनु किसानका लागि ठूलो खुसीको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ उत्पादित महको माग विदेशमा राम्रो छ । किसानको आम्दानीको मुख्य स्रोत नै मौरीपालन हो, हरेक घरमा मौरीका घार छन् । बजारीकरणले थप किसानलाई आकर्षित गर्नेछ ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नं १ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँमा उत्पादन भएको ‘कटुस’ महलाई अन्तरराष्ट्रिय बजारमा पुगेको उल्लेख गर्दै यसलाई नेपालको आर्थिक सम्भावनाको महत्त्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत उक्त मह ‘मरानी चेष्टनट हनी’ ब्रान्डमा विश्वबजारमा बिक्री सुरु भएको जानकारी दिँदै नेपाली उत्पादनलाई उच्च मूल्यमा विश्वस्तरमा स्थापित गर्न सकिने सम्भावना उजागर भएको बताउनुभयो ।

वाग्लेले नेपाली उत्पादनलाई विशिष्ट प्रशोधन, गुणस्तरीय परीक्षण, आधुनिक प्याकेजिङ तथा प्रभावकारी बजारीकरणमार्फत विश्वबजारमा पु¥याउन सूर्य नेपालअन्तर्गतको ‘हिमालयन ट्रेजर’ ब्रान्डको भूमिकाको प्रशंसा गर्नुभएको छ ।  रासस