१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित
अ अ+ अ-

मस्को। रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण गरेकोे छ । रूसले मङ्गलबारदेखि बुधबारसम्मको २४ घण्टाको अवधिका ९४८ वटा ड्रोन आक्रमण गरेको बताएको छ।

युक्रेनको वायुसेनाले दिएको जानकारी अनुसार स्थानीय समयअनुसार मङ्गलवार बिहानको ९ बजेदेखि रूसले आक्रमण गरेको छ । त्यसमा परेर कम्तीमा तीन जना मारिएका र दर्जनौँ घाइते भएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार पश्चिमी सहर लभिभको सिटी सेन्टरस्थित युनेस्को सम्पदा क्षेत्रमध्ये एक १६औँ शताब्दीमा बनेको ‘बर्नार्डिन मोनास्ट्री’ क्षतिग्रस्त भएको छ।

लभिभका अधिकारीहरूले मङ्गलवार पोस्ट गरेको एक भिडिओमा बर्नार्डिन मोनास्ट्रीनजिकै रहेको मानिसहरू बस्ने एक भवनको छानोमा आगो लागेको देखिन्छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको फरक फुटेजमा सहरको आकाशमा भुइँबाट नजिकै ड्रोन उडेको र मानिसहरू बस्ने भवनमा ठोकिएको देखिन्छ।

लभिभ क्षेत्रका प्रमुख माक्सिम कोजीत्स्कीले रुसी आक्रमणमा परेर ३२ जना घाइते भएको बताउनुभयो । इभानो फ्रान्किभ्स्क सहरमा दुई जना मारिएका र एक छ वर्षे बच्चासहित चार जना घाइते भएका एक स्थानीय अधिकारीले बताए।

क्षेत्रीय राजधानीमा एक प्रसूति अस्पतालसहित थुप्रै भवनहरूमा क्षति पुगेको बताइएको छ।

पश्चिमी युक्रेनको एक अन्य सहर टेरनोपिल पनि मङ्गलवारको आक्रमणको निसानामा परेको थियो। युक्रेनी मध्य क्षेत्रमा रहेको सहर भिनित्सियामा एक व्यक्तिको ज्यान गएको र १३ जना घाइते भएको क्षेत्रीय प्रमुख नबालिया जाबोलोत्नाले जानकारी दिनुभयो ।

राति भएको आक्रमणमा युक्रेनका ११ क्षेत्र निसानामा परेका र पाँच मानिस मारिएका बताइएको छ।

युक्रेनको वायुसेनाले अधिकांश रुसी ड्रोन तथा क्षेप्यास्त्र झार्न सफलता प्राप्त गरेको बताएको छ तर देशभरका कैयौँ क्षेत्रमा प्रत्यक्ष असर परेको पनि उसले स्वीकार गरेको छ।

युक्रेनी वायुसेनाका प्रवक्ता यूरी इन्हातले बताएअनुसार मङ्गलवार राति देशको उत्तरी क्षेत्रदेखि ‘ठूलो सङ्ख्यामा ड्रोन’ युक्रेनी आकाशमा प्रवेश गरेका थिए ।

चार वर्षभन्दा लामो समयदेखि चलिरहेको युद्धले युक्रेनको हरेक कुनामा असर पारेको छ तर देशको पश्चिमी हिस्सा रुसी सीमानिकट रहेको पूर्वी हिस्साको तुलनामा कम प्रभावित छ र कम आक्रमणमा पर्ने गरेको छ। (रासस/एएफपी)