१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन



अ+ अ-

दैलेख। दैलेखको सदरमुकाम दैलेख बजारस्थित फूलबारी विद्या मन्दिरमा एसइई परीक्षार्थीलाई लक्षित गरी पाँच दिने योग विज्ञान तथा उत्प्रेरणा शिविर सुरु गरिएको छ ।

योग अभ्यास र उत्प्रेरणा पतञ्जली योग समिति दैलेखको सहयोगमा आजदेखि हरेक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म योगाभ्यास सञ्चालन गरिने जनाइएको छ ।

तनावमुक्त, अनुशासित र उच्च मनोबलका साथ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन योग महत्वपूर्ण हुने भएकाले शिविर आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सुवासकुमार थापाले बताउनुभयो ।

पतञ्जली योग समिति दैलेखका मुख्य प्रशिक्षक शङ्कर थापा र महिला प्रशिक्षक भगवती थापाले योगको मापदण्ड अनुसार विद्यार्थीलाई प्रशिक्षण दिने जनाइएको छ ।

शिविरमा योगका आसन र प्राणायामका साथै स्वस्थ्यकर खानपान, असल संस्कार र सकारात्मक जीवनशैलीका विषयमा विद्यार्थीलाई प्रशिक्षित गरिने उहाँले आयोजकले जनाएको छ । रासस